Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्याब्सन नुवाकोटको अध्यक्षमा अधिकारी

नुवाकोट पुकार १४ पुष २०८१, आईतवार ०८:११ 1 min read

१३ पुस, विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको नवौँ अधिवेशनबाट अध्यक्ष पदमा पुरुषोत्तम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिकारीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित अधिकारी यसअघि संस्थाको सचिव रहेर काम गर्नुभएको थियो । अधिकारी सुर्यगढी गाउँपालिकामा रहेको नुवाकोट ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक हुनुहुन्छ ।

संस्थाको उपाध्यक्षमा राजन खतिवडा, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा रामशरण रिमाल सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको सदस्यहरुमा गगनकल्याण प्रधान, यादव अधिकारी र गोविन्द प्याकुरेल चयन हुनुभएको प्याब्सन नुवाकोटले जनाएको छ ।

निर्वाचन संयोजक तथाप्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष मुरारी प्रकाश सञ्जेलले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नुवाकोट जिल्लामा ५० भन्दा बढि संस्थागत विद्यालयहरु रहेका छन् । जसको नेतृत्व प्याब्सनले गर्दै आएको छ ।

कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा देखिएको ह्रासका कारण गुणात्मक शिक्षा लिने नाममा नेपाली विद्यार्थी र पूँजी बाहिरिने क्रम बढेकाले शिक्षा ऐन, कानून तर्जुमा गर्दा यी समस्या समाधानमा ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराए ।Adertisement

संयुक्त राष्ट्रसङ्घीय बडापत्र १९८९ मा उल्लेखित ‘राइट टु च्वाइस अफ एजुकेशन’ र नेपालको संविधान धारा ४४ को प्रावधान विपरीत सामुदायिक विद्यालयमा पढ्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न उनीहरुले जोड दिए ।

Continue Reading

Previous: दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ
Next: घ्याङस्वाराको पिकनिकबाट डा. महतको उद्घोष ,जिल्लामा धेरै काम गरेको छु, ०८४ को चुनाव यहीँबाट लड्छु

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार