
पञ्चकन्या(घ्याङस्वारा) । नेपली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ खुलाला गर्नुभएको छ । नुवाकोटको प्रसिद्ध पर्यटकीय स्थल घ्याङस्वारामा शनिबार आयोजित वनभोज कार्यक्रममा आफ्नो राजनीतिक उदेश्यबारे खुलासा गर्दै जिल्लामा आफूले धेरै काम गरेको र आगामी ०८४ सालको चुनाव नुवाकोट क्षेत्र नम्बर १ बाटै लड्ने बताउनु भएको हो । पञ्चकन्या कपिलेश्वर गाउँपालिका ४ स्थित घ्याङस्वारामा नेपाल तरुण दलले आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो , “पार्टी भनेको केही होइन, समाजसेवा गर्ने माध्यम मात्र हो ।
देश र जनता नरहे केही पनि हुँदैन। मैले जे काम गरेको छु, देश र जनतालाई प्राथमिकतामा राखेर गरेको छु । आगामी दिनमा पनि त्यही प्राथमिकतामा काम गर्नेछु।” आफ्नो योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो “म ८४ सालको चुनाव नुवाकोट क्षेत्र नम्बर १ बाटै लड्छु । ढुक्क हुनुस ।”
नुवाकोट जिल्लाको साविक कविलास गाविस हाल पञ्चकन्या २ कविलासमा जन्मनु भएका महतले आफ्नो राजनीतिकको केन्द्र नुवाकोटलाई बनाएपनि निर्वाचन लड्ने अवसर पाउनु भएको थिएन । आफ्ना सहोदर दाजु डा. रामशरण महतले २०५१ सालदेखि सोही निर्वाचन क्षेत्रमा निर्वाचन लड्दै आएकाले भाई महतले सो अवसर पाउनु भएको थिए । तर यतिखेर डा. रामशरणमहतले राजनीतिबाट विश्राम लिनु भएको छ । उहाँको स्वास्थ्य अवस्था र उमेरका कारण पनि उहाँ राजनीतिबाट अलग भएपछि त्यो अवसर डा. महतले का लागि उपयुक्त हुने देखिएको छ ।
२०७० देखि नै निवाचन लड्ने प्रयास गरेपनि आफना दाजूले नै निवाचन लड्ने मनसाय गरेपछि उहाँका लागि त्यो सम्भव भएन । २०७९को निर्वाचनमा टिकट पाउने अवस्थाकाबीच माओवादीसँग गठबन्धन भएका कारण सो क्षेत्रमा ओवादीबाट हितबहादुर तामाड. निर्वाचन लड्नु भएको थियो । अब दाजुको विश्रामसँगै अबको यात्रा पनि डा. महतका लागि सहज हुने अनुमान गरिएको छ ।

तर नुवाकोट जिल्लामा महत र केसीको राजनीतिक लडाई भएकाले केसी परिवारले पनि आफ्नो जन्मथलोको जिल्ला भएकाले विगतमा निार्वचन लड्न नपाएको भन्दै अबको निर्वाचन क्षेत्र नं १ बाट नै लड्न सक्ने बताउँदै आएका छन् । स्मरणीय छ अर्जुननरसिंह केसी पनि नुवाकोट क्षेत्र नं १ अन्र्तरगत दुप्चेश्वरको राउतबेसीमा जन्मनु भएको हो ।
अर्जुननरसिंह केसी विगत देखि नै आफ्नो जन्मथलोबाट निर्वाचन लड्नु भएको छैन । पञ्चायतका बेला निर्वाचन लडेपनि बहुदलपछि भने उहाँ नुवाकोट जिल्लाको साविक क्षेत्र नं ३ र २ बाट मात्रै निर्वाचन लड्दै आउनु भएको छ । उहाँ अबको निर्वाचन लड्ने मनसायमा नभएपनि उहाँका भाईहरु डा. केदारनरसिंह केसी र जगदीश्वरनरसिंह केसी मध्ये एउटाले सोही क्षेत्रबाट निर्वाचन लड्न पाउनुपर्ने भन्दै पार्टीमा भित्री रुपमा दवाव बढाउँदै आउनु भएको छ । तर केसी भन्दा महत परिवारको सो क्षेत्रमा पटक देखिएको छ । पछिल्ला गतिविधिमा पनि केसी परिवार भन्दा डा. महतको सक्रियता बढि देखिएको छ ।
यस्तै वनभोज कार्यक्रममा सो कार्यक्रममा विशिष्ट अतिथि अभियानका केन्द्रीय प्रतिनिधि किरण पौडेल, जिल्ला सभापति रमेश महत, जिल्ला सभापतिका प्रत्याशी केदार नरसिंह केसी, पञ्चकन्या गाउँपालिका सभापति एवं गाउँपालिका अध्यक्षका निकटतम प्रतिस्पर्धी माधवप्रसाद खनाललगायत जिल्लाभरकै उल्लेख्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति रमेश महतले संगठन सुदृढीकरणका लागि आयोजित कार्यक्रममा गुट–उपगुटको रङ दिनु आवश्यक नरहेको भन्दै सबै मिलेर पार्टी बलियो बनाउन लाग्नुपर्ने बताए।
यस पिकनिक कार्यक्रममा स्थानीय स्तरका नेताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले नुवाकोटको पर्यटन प्रवद्र्धनसँगै कांग्रेसको संगठनात्मक एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुगेको आयोजक नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष शरण पाख्रिन घलेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा केसी पक्षका नेता कार्यकर्ताको उपस्थिति न्युन देखिदा कांग्रेसभित्रको गुटबन्दी अझै मौलाइरहेको अनुमान भने गर्न सकिन्थ्यो ।