Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शेरादरबारको जग्गा व्यक्तिका नाममा नामसारीबारे गृहमन्त्रीको चासो, बोलाए सिआईबीका अधिकारीलाई

नुवाकोट पुकार १४ पुष २०८१, आईतवार १५:२९

१४ पुस, काठमाडौं । नुवाकोट विदुर नगरपालिकास्थित शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् ।

गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिनु भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्रीको सचिवालयका एक अधिकारीले एआईजी थापासँग मन्त्री लेखकले शेरादरबारसँगै अन्य विषयहरुमा छलफल गर्नुभएको छ । त्यसक्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको ब्रिफिङ गरेको बताइएको छ ।

ब्यूरोले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो ।

विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव थिए । माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे । उनी माओवादीका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।प्रहरीले यो मामलामा संलग्न कर्मचारी लगायतमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ । जाँचका क्रममा कीर्ते देखिए ब्यूरोबाट समेत मुद्दा चलाउने भनिएको छ ।

Continue Reading

Previous: राष्ट्रपति रामचन्द्र पौडेलद्धारा सहकारीसम्बन्धी अध्यादेश जारी
Next: दुई उपाध्यक्ष भएको धादिङ जिल्लाबाट समाजवादीका नेताहरु नै एमालेमा फर्किए

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार