
काठमाडौं, माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी छाडेर धादिङका पाँच जना जिल्ला नेताहरु एमाले फर्किएका छन् । समाजवादी पार्टीमा लाग्नु नै गल्ती भएको भन्दै जिल्ला स्तरका पाँच जना प्रभावशाली नेताहरु एमालेका आफ्नो पुरानै घरमा फर्किएका छन् ।
जिल्ला कमिटी धादिङको ५ औं बैठकको क्रममा माधवको पार्टीको अव कुनै औचित्य र काम पनि छैन भनेर प्रभावशाली नेता कृष्ण अर्याल, ईश्वरी अर्याल, तुलकुमार श्रेष्ठ, हस्तबहादुर तामाङ र शन्त गुरूङ एमालेमै फर्किएको कृष्ण अर्यालले जानकारी दिनुभयो । अर्याल जिल्ला समन्वय समिति धादिङका पूर्व प्रमख समेत हुनुहुन्छ । उहाँ पार्टीमा प्रभावशाली र एमालेमा लामोसमयदेखि क्रियाशिल हुनुहन्थ्यो ।

पार्टी विभाजनसँगै राजेन्द्र पाण्डेको साथ लाएर समाजवादीमा प्रवेश गर्नुभएको थियो । एमाले प्रवेश गरेका नेताहरुलाई एमालेका नेताहरु भूवी त्रिपार्ठी लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ । पार्टी प्रवेशसँगै अर्यालले एमालेमा मात्रै राजनीतिक नेता कार्यकर्ताका भविष्य रहेको भन्दै समाजवादीतिर लागेर आफ्नो र देशको भविश्य बर्वाद गर्न नहुने सुझाव समेत दिनुभयो ।
उहाँले भन्नुभयो,हामी अब एमालेप्रति हामी प्रष्ट भइसकेका छौं, सबैमा आफ्नो घर एमाले फर्कनुपर्छ,’ स्मरणीय छ धादिङमा एमालेका राजेन्द्र पाण्डे र गंगालाल तुलाधार समाजवादीको उपाध्यक्ष हुनुहुन्छ । केही दिनअघि मात्रै नेताहरुको कार्यविभाजन गर्दा धादिङका दुई नेताले उपाध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।
समाजवादीले धादिड. जिल्लालाई आफ्नो पकड क्षेत्र मानेको छ । समाजवादबिाट धादिड.मा मात्र ३ जना पालिका प्रमुख रहेका छन् । तर पछिल्लो समय समाजवादीप्रतिको देशव्यापी नैराश्यताका कारण धादिड.मा पनि तयसको असर परेको देखिन्छ । पार्टीका दुई नेताहरु आफूमात्रै नेतृत्वमा रहने र आफूभन्दा तल्लो तका नोतहरुलाई माथिल्लो पदमा ल्याउन नचाहाने गरेका कराण पनि धादिड.मा समाजवादीप्रति जिल्ला नोतहरु रुष्ट बन्दै गएको समाजवादीका एक नेताले नुवाकोट पुकारलाई बताए ।