Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा

नुवाकोट पुकार १४ पुष २०८१, आईतवार १९:३९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । बस्नेत कांग्रेस बागमतीका उपसभापति पनि हुन ।

अख्तियारले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो । नागार्जुन नगरपालिकाका नगर प्रमुख बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रा।लि। र यसका सञ्चालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा प्रमुख बस्नेतले नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी नगरपालिकामै कार्यक्षेत्र रहको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालिरपद्मा मर्चेन्ट कम्पनी प्रा।लि।रजगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालकरअध्यक्ष कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको पाइएको अख्तियारले जनाएको छ ।

बस्नेतले उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघ संस्थाहरूबाट विदेशी सहायता सात अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचार समेत आफ्नै दस्तखतबाट गरेको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ भएको जग्गाहरू पद्मा कोलोनी प्रा।लि। ले जग्गाधनीहरुलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भुक्तानी दिएको, राजस्व र बैनाबट्टा रकम समेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार रुपैयाँ कम मूल्यमा राजुप्रसाद कँडेल तथा निजको कम्पनीले प्राप्त गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी बैक खातामार्फत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ ३३ पैसा, ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा र कँडेललाई शंकर होटेलमा भुक्तानी गर्न लगाएको वैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार ६३७ रुपैयाँ समेत गरी जम्मा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा बराबर घुस पद्मा कोलोनी प्रा.लि, पद्मा मर्चेन्ट कम्पनी प्रा.लि.तथा उक्त कम्पनीका सञ्चालक र अध्यक्ष कँडेलबाट लिएको पुष्टि भएको दाबी अख्तियारको छ ।

अख्तियारले आइतबार नै सोही सम्बन्धमा पद्मा कोलोनी प्रा.लि., पद्मा मर्चेन्ट कम्पनी प्रा.लि तथा उक्त कम्पनीका सञ्चालकरअध्यक्ष कँडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा उनीहरूसँग ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

अख्तियारले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुर गरेको सम्बन्धमा नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतसँग १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो दाबी गरेको छ । श्रीमती उर्मिला बस्नेतसँग पनि त्यति नै रकम बिगो माग दाबी गरिएको छ ।

Continue Reading

Previous: दुई उपाध्यक्ष भएको धादिङ जिल्लाबाट समाजवादीका नेताहरु नै एमालेमा फर्किए
Next: स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार