Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा

नुवाकोट पुकार १४ पुष २०८१, आईतवार १९:४७

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”

सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरूको वृत्ति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनुभयो । खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उहाँले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताउनुभयो । 

कार्यक्रममा कांग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबहादुर बस्नेतले सङ्घको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले ‘सभापति कप फुटबल प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।    

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका विकृति र विसङ्गतिलाई रोक्न सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उक्त कार्यक्रममा कांग्रेसका नेताहरू, सङ्घका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद सङ्घका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।  

Continue Reading

Previous: नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा
Next: आज ‘तमु ल्होसार’ मनाइँदै आज सार्वजनिक बिदा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार