
फाइल तस्बिर
विदुर । नुवाकोट जिल्लामा रहेका संस्थागत विद्यालयहरु मध्ये सुर्यगढी गाउँपालिका वडा नं ५ मा रहेको ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल उत्कृष्ट बन्न सफल भएको छ । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटको ९ औं जिल्ला अधिवेशनको अवसरमा उक्त विद्यालयलाई माध्यमिक तहमा उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गरिएको हो ।
उक्त विद्यालय नवनिर्वाचत अध्यक्ष अधिकारीले सञ्चालन गर्दै आउनु भएको छ । अधिवशेनका अवसरमा जिल्लाभरका संस्थागत विद्यालयहरु बिच विभिन्न विधाका शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलाप र प्याब्सनका अन्य गतिविधिमा सक्रिय सहभागीता र रचनात्मक सहयोगका आधारमा सर्वोत्कृष्ट विद्यालयको छनौट गर्दै पुरस्कार प्रदान गरिएको थियो ।
प्याब्सनका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार सर्वोत्कृष्ट विद्यालयका रुपमा नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल सुर्यगढी ५ माध्यमिक तह र सामुदायिक विद्या मन्दिर विदुर ३ आधारभूत तहलाई पुरस्कृत गरिएको छ । प्याब्सन नुवाकोटका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सबै विद्यालयहरुले आफूलाई यतिकै उत्कृष्ट बनाउनुपर्नेमा जोड दिँदै संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षामा कुनै पनि सम्झौता नगर्न आग्रह गर्नुभयो । नुवाकोट प्याब्सनका अध्यक्ष तारा बहादुर कार्कीले नुवाकोट जिल्लामा संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका कारण जिल्लामा अध्ययन गर्ने विद्यार्थीहरुले उत्कृष्टता हासिल गर्न पाएको बताउनु भयो ।
स्मरणीय छ गत वर्ष शुभेनियर बोडिड.का एक विद्यार्थी उत्कृष्ट चार जिपिए ल्याउन सफल भएका थिए भने संस्थागत विद्यालयमा अध्ययनरत अनय धेरै विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका थिए । सोहि कारण पनि नुवाकोट जिल्लाले गुणस्तरीय शिक्षामा उत्कृष्टता हासिल गर्दै आएको छ । नुवाकोट जिल्लामा मात्रै नीजि रुपमा ६० भन्दा बढि बोडिड.हरु सञ्चालनमा रहेका छन् । जसमध्ये २५ भन्दा बढी विदुरमा नै रहेका छन् ।