
विदुर । नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले दमका रोगीलाई अक्सिजन सहितको सिलिन्डरको व्यवस्था गरेको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेका अनुसार गाउँपालिकाले जाडो समयमा दमको बिरामी हरूको लागी मध्य नजर राखी ८० प.न. को अक्सिजन सहितको सिलिन्डरको ब्यबस्था गरेको छ । अध्यक्ष घलेका अनुसार पालिकाले ३० वडा ठुलो सिलिण्डर र १० वटा अक्सिजन थिएटर ल्याएको छ ।

उक्त सिलिण्डर दमका रोगीहरुले गाउँपालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने जनाइएको छ । पालिकाको ५ वटै वडामा लागू गरिएको उक्त कार्यक्रम अनुसार रोगीका परिवारलाई निशुल्क रुपमा अस्किसजन प्रदान गरिने छ सोथै सिलीन्डर खाली हुना साथ पुन ः पालिकाले नै अक्सिजन भर्ने व्यवस्था गर्ने पनि अध्यक्ष घलेले जानकारी दिनुभयो ।
यस्तै पालिकाले अक्सिजन मेसिनको काम सकिएपछि पालिकालाई नै फिर्ता गर्न पनि आग्रह गरेको छ । यस्तै उहाँले गम्भीर समस्या भएका बिरामीहरले मात्रै यसको प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
सिंगो गाउँपालिकाका नागरिकहरुप्रति स्वास्थ्यप्रति गम्भीता दाउँदे आएको पाालिकाले गम्भीर प्रकृतिका रोगीहरुलाई औषधीको समेत व्यवस्था गर्दै आइरहेको छ भने स्थानीय तहमा विभिन्न खाले स्वास्थ्य सेवाहरु पनि पालिकाको तर्फबाट प्रदान गर्दै आइरहेको छ । पालिकाको स्वास्थ्य सेवाप्रति गाउँबासीले खुशी व्यक्त गरेका छन्