Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एकिकृत समाजवादीसँग एकता गर्न गौतम तयार,राखे यस्तो प्रस्ताव

नुवाकोट पुकार १५ पुष २०८१, सोमबार १८:५४

काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका स्थापना गरेका सो अभियानका संयोजक वामदेव गौतमले माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग एकता गर्ने अन्तिम तयारी गर्नुभएको छ । गौतमले आज समाजवादीका अध्यक्ष माधव नेपालसँग निर्णायक छलफल समेत गर्नुभयो ।

आज भएको छलफलमा एकता गर्ने विषयमा सहमति भएको र त्यसलाई कसरी लैजाने र नेताहरुको जिम्मेवारी के के हुने भन्ने विषयमा भने टुंगोमा पुग्न नसकिएकाले अर्को पटक पुन ः छलफल गर्ने नेता गौतमले जानकारी दिनुभयो । नुवाकोट पुकारसँग संक्षिप्त टेलिफोन कुराकानीका क्रममा गौतले आफूले नेता नेपाललाई पार्टी एककिरणपछि गर्ने कामका विषयमा ५ बुँदे प्सताव राखेको पनि जानकारी दिनुभयो ।

नेता गौतमका अनुसार आफूलाई पार्टीमा वरिष्ठ नेतासहितको महत्वपुर्ण जिम्मेवारी दिनुपर्ने, सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्पतीय प्रणालीसम्ममा पार्टी जानुपर्ने प्रस्ताव गर्नुभएको छ । गौतमको उक्त प्स्तावप्रति नेपाल सकारात्मक रहेको र छिट्टै एकताका लागि अन्तिम वार्ता हुने नेपाल निकट स्रोतले जनाएको छ ।

गौतमले यसअघि एमालेका अध्यक्षसँग पनि निणृयक वार्ता गरेको भनिएपनि एमाले अध्यक्ष ओलीले सकारात्मक प्रतिक्रिया नदिएपछि गौतम नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा लाग्नु भएको हो ।

यस्तै डा. भीम रावललाई पनि समाजवादीमा ल्याउने प्रयास भैरहेको बुझिएको छ । रावलले नि उक्त पार्टीमा निर्णयक तहको भूमिका माग्नु भएको र सो सर्त पूरा गर्न नेपाल तयार नभएकाले रावलको समाजवादी प्रवेशको यात्र ाभने रोकिएको बुझिएको छ । रावलले भने बुधबार पत्रकार सम्मेलनको तयारी गर्नुभएको बताइएको छ ।

Continue Reading

Previous: सुर्यगढी गाउँपालिकाले दमका रोगीलाई निःशुल्क अक्सिजनसहितको सिलिण्डर दिने
Next: आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार