Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बाल गायक सचिन परियारको निधन

नुवाकोट पुकार १८ पुष २०८१, बिहीबार १७:१०

काठमाडौँ । चर्चित बाल गायक सचिन परियारको आज उपचारको क्रममा निधन भएको छ । 

त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ । 

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताउनुभएको हाे ।  

उहाँले एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको भन्नुहुँदै यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको बताउनुभयो ।

उहाँले बाल गायक परियारप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!”, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । 

चर्चित बाल गायक परियारको आज उपचारको क्रममा निधन भएको हो ।  त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको हो। 

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाउनुभएको थियो । 

Continue Reading

Previous: यस्तो छ कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य
Next: कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सभापति कप फुटबल प्रतियोगिता गर्ने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार