
काठमाडौँ — साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.६३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०।१७ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८६.२३ विन्दुमा पुगेको हो ।
बुधबार सामान्य अंकले बढेको नेप्सेले बिहीबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएकामध्ये १५६ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ७७ वटाको घट्यो भने बाँकी ११ वटा कम्पनीको स्थिर रह्यो । ५० हजार ४ सय ४७ पटकको कारोबारमा १ करोड ८६ हजार ७ सय ५ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । बुधबार ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बुधबार बैंकिङ, लगानी, लघुवित्त, व्यापार र अन्य उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।