Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमाले सचिवालय बैठकले भन्यो ,रावलको आरोपबारे खण्डनको आवश्यकता छैन

नुवाकोट पुकार १८ पुष २०८१, बिहीबार १७:३४

काठमाडौँ । प्रमुख सत्तारुढदल नेकपा एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ ।

पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकाल्दै त्यसको खण्डनको कुनै आवश्यकता नभएको जनाएको छ ।

‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ ,रावल, बाट अपेक्षित थियो । गालीले देश बन्ने होइन,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘हाम्रो गालीगलौजमा प्रतिस्पर्धा छैन । नौलो कुरा छैनन् । ती एक किसिमले२०७७ कात्तिकमा प्रचण्डले पेस गरेको कपीपेस्ट नै हो । छलफल गर्नुपर्ने विषय ठानेनौ ।’पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष रावलले बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीलाई ‘स्वेच्छाचारी, निरंकुश र तानाशाही’ निर्णय गरेको भन्दै ७४ प्रश्न गरेका थिए ।

२०६८ मंसिरमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण आफूमाथि निषेधको नीति लिएको आरोपसमेत उनले लगाएका छन् ।एमालेले गत कात्तिक ४ मा आफूलाई स्पष्टीकरण सोध्नुको औचित्य नभएकाले आफूले जवाफ नदिएको र आफूमाथि कारबाही गर्नुको वैधानिक आधार नभएको उनको भनाइ छ ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टीले संगठित सदस्यबाट समेत हटाएपछि उसले बुधबार राजधानी ापत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शमाृ ओलीमाथि ३४ आरोप लगाएका थिए । रावलले लगाएका आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गराउँदै आएका जसतै भएको एमालेको ठहर रहेको छ ।

Continue Reading

Previous: नेप्सेमा सामान्य सुधार
Next: माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार