Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

नुवाकोट पुकार १८ पुष २०८१, बिहीबार १८:२२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता सापकोटाले रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिनुभयो ।

यसैगरी, नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

बैठकले केन्द्रिय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्ने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र आगामी कार्ययोजना प्रस्तुत हुने एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो ।

बैठकमा अग्रगमन, परिवर्तन र जनताका अधिकारलाई अझ विकास र विस्तार गर्न संविधान संशोधन आवश्यक भएपनि अहिले राष्ट्रको आवश्यकता संविधानको मर्म अनुसारको प्रभावकारी कार्यान्वयन हो भन्ने विषयमा छलफल भएको प्रवक्ता सापकोटाले बताउनुभयो । 

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्व ग्रस्त बन्दै गइरहेको र शक्ति राष्ट्रहरुबीच प्रतिद्वन्द्वीता बढ्दै गइरहेको अवस्थामा राष्ट्रिय एकताको सबैभन्दा बढी खाँचो रहेको औँल्याउँदै देशमा उत्पन्न चुनौती सामना गर्न राष्ट्रिय धारणा र दृष्टिकोण निर्माण गर्नुपर्ने विषय बैठकमा राख्नुभएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

त्यस्तै, परराष्ट्र नीतिका विषयमा माओवादी केन्द्र असंलग्न नीतिमा अटल र दृढ रहेको स्पष्ट पार्दै प्रवक्ता सापकोटाले नेपालको मामिला र सरोकारका विषयमा नेपालीहरूले निर्णय लिनुपर्ने र यसमा कसैको हैकम स्वीकार्य नुहुने धारण राख्नुभयो । 

Continue Reading

Previous: एमाले सचिवालय बैठकले भन्यो ,रावलको आरोपबारे खण्डनको आवश्यकता छैन
Next: प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार