
कांग्रेस क्षेत्रीय कार्यालय छहरेमा आयोजित कार्यक्रम । सो कार्यक्रममा ढकाल कांग्रेस प्रवेश गरेका हुन
छहरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी प्रवेशलाई तिब्रता दिएपनि एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको पनि लहर सुर भएको छ । नुवाकोट जिल्लामा एमाले भातृ सस्था युवा संघ नेपालका क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष तोयानाथ ढकाल नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ ।
ढकाललाई बिहीबार कांग्रेस क्षेत्रीय कार्यालय छहरेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा नुवाकोट जिल्ला क्षेत्र नं १ को ख प्रदेशका उम्मेदवार रमेश कुमार महतले टिका र खादाले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको प्रदेश सभापति रामजी पौडेलले जानकारी दिनुभयो । ढकालले नेपाली कांग्रेसको साधारण सदस्यता समेत लिएका छन् । नेकपा एमाले प्रतिगमनको बाटोमा अघि बढ्दै गएकाले आफूले एमाले छाडेको ढकालले बताए ।

उनी कालाकार तथा यातायात व्यवसायी पनि हुन । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति धुव्र श्रेष्ठ, प्रदेश सभापति रामजी पौडेल लगायतका कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । पाँच दलीय गठबन्धनबाट क्षेत्रमा माओवादीका पोलिटब्युरो सदस्य हितबहादुर तामाड. र प्रदेश क मा माओवादीकी राधिका तामाड. र ख मा कांग्रेस सभापति रमेश महत उम्मेदवार बनेका छन् । यस्तै एमालेबाट क्षेत्रमा जिल्ला अध्यक्ष बद्री मैनाली उम्मेदवार बनेका छन् ।
उम्मेदवाहरुले पहिलो चरणको घरदैलौ कार्यक्रम समापन गर्दै कोणसभा तथा आमसभाहरुको तयारी थालेका छन् । नुवाकोट क्षेत्र नं १ मा कांग्रेस र माओवादीको विगतको मतभारलाई हेर्दा गठबन्धनका उम्मेदवारहरु बलिया देखिएको स्थानीयहरुले नुवाकोट पुकार डटकमलाई बताए ।