
पार्टी प्रवेशपछि अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक तस्बिर खिचाउँदै नेताहरु
काठमाडौं । माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी नुवाकोटका प्रदेश र जिल्ला तहका नेताहरुमा नै एमालेका फर्किएका छन् । सोमबार नेकपा एमोको पार्टी कार्यालयमा नेकपा (एकिकृत समाजबादी–एस) बागमती प्रदेश कमिटिका सचिवालय सदस्य केपी लामिछाने, जिल्ला सदस्यहरु हरी गिरी, मेघराज लामिछाने, भगवती लामिछाने राजेन्द्र खतिवडा, दिपक पाठक, रघु पण्डित, ठाकुर भण्डारी, राजन थापा, देबकी पाठक, यमसिह तामाङ, प्रेम तामाङ, फुर्वाछिरिङ्ग तामाङ लगायतका नेता कार्यकर्तालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका र खादाले स्वागत गर्नुभएको थियो ।
सो अववसरमा अध्यक्ष ओलीले पुरानो घरमा फर्किएका साथीहरुले उचित स्थान दिने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा बागमती प्रदेश संयोजक केशव पाण्डे, जिल्ला अधयक्ष बद्री मैनाली लगायतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । नेकपा एकिकृत समाजवादीबाट तादी गाउँपालिको अध्यक्षका उम्मेदवार बनेका केपी लामिछाने एक समाजसेवी भएकाले तादी गाउँपालिकामा उनको प्रभुत्व बढि देखिदै आएको छ ।

गाउँ पालिकाको निर्वाचनमा समाजवादीले झण्डै दुई हजार मत ल्याएको थियो । उक्त मत नेकपा एमालेमा फर्कने अनुमान गरिएको छ । लामिछानेलाई निर्वाचनमा साथ दिएका अधिकांश एमालेमा फर्किएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका हित बहादुर तामाड.लाई लामिछानेसहितका नेता कार्यकर्ता एमाले प्रवेशले ठुला घाटा लागेको अनुमान गरिएको छ ।
लामिछाने गत २०७४ को निर्वाचनमा एमालेबाट अध्यक्षको उम्मेदवार बन्दा थोरै मतले कांग्रेस नेता नारायण पाण्डेसँग पराजित भएका थिए । लामिछानेले आफ्ना पिताको स्मृतिमा ट्ष्ट स्थापना गरेर समाजिक काम गर्दै आएको छन् । जसका कारण उक्त क्षेत्रमा उनको राम्रो प्रभाव रहेको छ । उनले पाँच दलीय गठबन्धनका नाममा देशलाई यथास्थितिमा राख्ने प्रयास भएकाले आफूहरु एमालेमा फर्किएको प्रतिक्रिया दिए ।