
अध्यक्ष ओलीद्धारा डिजिटल प्रविधिबाट घोषणापत्र सार्वजनिक गर्दै ः तस्बिर , एजेन्सी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निकै तामझामकासाथ पार्टीको घोषणा सार्वजनिक गरेको छ । राजधानीको पाँचतारे होटल याक एण्ड यती होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को चुनावी घोषणापत्र डिजिटल प्रविधिबाट सार्वजनिक गर्नुभएको थियो ।
एमालेले घोषणापत्र भन्दा पनि ग्यारेन्टीपत्रको रुपमा २५ बुँदालाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले आफ्नो सुर्य चिन्ह्रमा किन मतदान गर्ने र अरुलाई किन मतदान नगर्ने भन्ने कुरालाई मुख्य रुपमा उठाएको छ । यस्तै घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।
एमालेले सार्वजनिक गरेको २५ ग्यारेन्टीपत्रमा सामाजिक सुरक्षा भत्तालाई अझ व्यवस्थित गर्ने , प्रत्येक वर्ष २५ लाख पर्यटक भित्र्याउने, मैनावारी हुने उमेर समूहका किशोरी तथा महिलाहरुका लागि हरेक वर्ष १५ सय रुपयाँ दिने, शिक्षा, स्वाथ्य र कृषिलाई आधुनिक ढंगले अघि बढाउने, हरेक स्थानीय तहमा दुई फरक खालको प्राविधिक विद्यालय सञ्चालन गर्ने लगायतका विषय समेटेको छ ।
यस्तै घोषणापत्र सार्वजनिक पछि पार्टी अध्यक्ष ओलीले लाइभ डिबेटमा पनि सहभागि हुनुभयो । प्रसिद्ध बैंकर अनिल केशरी शाहले ओलीसँग लाइभ डिबेट गर्नुभएको थियो । सो अवसरमा ओलीले राष्ट् बैंकले पैसाको ग्यारेन्टी गरेजस्तै एमालेले उठाएका विषय ग्यारेन्टी गर्ने बताउँदै चुनावपछि एमालेको सरकार बनेसँगै त्यसको भुक्तानी दिने दावी गर्नुभयो । उहाले अबको पाँच वर्ष एमालेले गर्छ भन्ने नारालाई सार्थक बनाउने दावी समेत गर्नुभयो ।यस्तै पाँच वर्ष एमालेले गर्छ भन्ने नारा उल्लेख गरिएको छ ।