
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पुस २५ गते बिहिबार काठमाडौँ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सञ्चालक समितिका अध्यक्ष श्री दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा आर्थिक बर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका विषयमा सहभागी शेयरधनीहरुले राख्नुभएको जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पार्नु भएको थियो । सभामा गरिमा विकास बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष पुर्व अध्यक्ष, गरिमा म्युचूअल फण्ड अन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकज्यूहरु तथा शेयरधनीहरुको उपस्थिती रहेको गरिमा क्यापिटलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नवौं वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०÷८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०÷८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१÷८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक (१)÷एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।