
विदुर । नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले पार्टीको हित विपरित लाग्ने कसैले पनि आगामी दिनमा नेतृत्व नपाउने बताउनु भएको छ । नेपाली कांग्रेस क्षेत्र नं २ ले जिल्ला सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले पार्टीको हित विपरित लाग्ने जो कोहीलाई पनि नछाड्ने र कारबाहीको भागीदार हुनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो, कांग्रेसका उम्मेदवारलाई मत दिन मन छैन भने बरु स्वतन्त्र रुपमा अर्को पार्टीमा जानुस् ।
नेता केसीले कांग्रेसको क्रियाशिल हुने, पदाधिकारी हुने कांग्रेसलाई मत नदिनेलाई कारबाही गरेर छाड्ने चेतावनी दिनुभयो । उहाले कसले के कुरा गर्छ आफूलाई रिपोट आउने गरेको भन्दै कसैले पनि पार्टीको हित विपरित अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभयो । उहाले माओवादीलाई पनि आफ्ना नेता कार्यकर्तालाई सर्कुलर जारी गर्न सुझाव दिनुभयो ।
उहाले पार्टीका सबै नेता कार्यकर्तालाई आफ्नो अगाडि देखिनु भन्दा पनि गाउँ गाउँमा गएर भोट बढाउन लाग्न आग्रह गर्नुभयो । उहाले पाँच दलीय गठबन्धनमा कुनै विवाद नभएको भन्दै आफूहरुले मात्रै होइन दुवै स्थानमा गठबन्धनले जित्ने दावी गर्नुभयो । उहाले आफूले कर गरेर बहादुरसिंह लामालाई उम्मेदवार बन्न आग्रह गरेको भन्दै आफूहरुबीच विवाद नभएको बताउनुभयो ।
नेता केसीले गठबन्धनमा आफूहरुले जित्ने र माओवादीका उम्मेदवार रामप्रसाद जीले हार्ने अवस्था आयो भने त्यो कांग्रेसका लागि ठुलो बेइज्जत हुने बताउनुभयो । उहाले कांग्रेसले माओवादीको र माओवादीले कांग्रेसको हेरालु हुन समेत सुझाव दिनुभयो । नेता केसीले मुलुक जोगाउनका लागि पनि गठबन्धनको आवश्यकता रहेको स्मरण गराउँदै भन्न्ुभयो, देश ऋणको भारीले थलिएको अवस्था छ अब त्यसलाई पार लगाउन पनि कांग्रेस नेतृतवको गठबन्धन आवस्यक छ ।
उहाले आफ्नो निर्वाचन लड्ने अन्तिम पटक भएको भन्दै आफूले सुरु गरेका विकास निर्माणका कामलाई यो पटक पुरा गर्ने बताउनुभयो । उहाले निर्वाचन नलडेपनि पार्टीमा भने क्रियाशिल रहने बताउनुभयो । उहाले आफू निर्वाचन जितेर मन्त्री बन्ने भन्दा पनि संसदमा रहेर जनताको आवाज उठाउने बताउनुभयो ।
नेता केसीले बहादुरसिंहलाई प्रदेशको मन्त्री बनाउने कुरामा आफूले जिम्मामा लिने बताउँदै विकासका लागि आफूहरु गठबन्धनका सबै मिलेर अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । क्षेत्रीय अध्यक्ष जगत तामाड.को सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केहन्द्रीय सदस्य तथा प्रदेशसभा उम्मेदवार बहादुरसिंह लामा, रामप्रसाद ढुंगाना, माओवादी नेतृ बिमला सुवेदी, कांग्रेस नेता धुव्र अधिकारी, माओवादी नेता हिरानाथ खतिवडा लगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो ।
ु