
बेलकोटगढी ७ महादेवफाँटको सभालाई सम्बोधन गर्दै अर्थविद स्वर्णीम वाग्ले
नेपाली कांग्रेसका नेता तथा अर्थविद्ध डाक्टर स्वर्णीम वाग्लेले नुवाकोटको विकासका लागि अर्जुननरसिंह केसी जस्ता पाका र अनुभवी नेतालाई जिताउनु पर्ने बताउनु भएको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ महादेवफाँटमा नेपाली कांग्रेससहित गठबन्धन दललले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थविद्ध वाग्लेले आफू नुवाकोट आउँदै गर्दा बाटोमा गाईगुई रुपमा फेरि अर्जुननरसिंह केसीलाई भोट दिने होर भन्ने प्रश्न गरेको बताउँदै उहाले आफू पनि युवा भएकाले युवा भनेको उमेर नभई सोच भएको बताउँदै नेपाली युवाहरुलाई माया गर्ने , प्रोत्साहन गर्ने अग्रमोर्चामा रहेर युवाहरुलाई सँधै अगाडि बढाउन लागिरहने नेता भएकाले युवाहरुको संरक्षकको भूमिका निर्वाहन गर्न सक्ने नेता भएको बताउनुभयो ।

नेता वाग्लेले केसी नुवाकोटको शान भएकाले उहालाई शानदार मतकासाथ विजय गराउन अपिल गर्नुभयो । उहालाई जति भारी मतले जिताउन सकियो त्यतिनै उहाले अझ उत्साहकासाथ संसदमा आफ्नो भूमिका निर्वाह गर्न सक्ने कुरामा जोड दिनुभयो
। नेता वाग्लेले केसी नुवाकोट शान मात्रै नभई संसदमा उहाको उपस्थिति एउटा गाम्भीय, शालिनता, संघर्षमय इतिहास, अन्तराष्ट्यि स्तरमा राख्नु भएको सम्बन्ध र लोकतान्त्रिक दियोलाई निम्न नदिने नेताको रुपमा चित्रण गर्दै उहाको उपस्थितिनै संसदका लागि ठुलो कुरा भएको बताउनुभयोे ।

नेता वाग्लेले वरपिपलको रुखमुनि कहिलेकाँही पात पतिंगर भरेर फोहोर भएकाले त्यसलाई सफा गरेर मानिसले सितल छहारी खोज्ने बताउँदै कसैले पनि कर्कलाको पातमुनि ओत नलाग्ने बताउँदै केसीजस्ता नेताहरु वर पिपलको रुप भएको समेत बताउनुभयो । उहाले पार्टी भनेको व्यक्ति पनि भएको र संगठनलाई अगाडि बढाउने संस्था भएको भन्दै मुलुकलाई अगाडि बढाउन कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको बताउनुभयो ।
उहाले २००३ सालमा वीपी कोइरालाले नै पार्टी खोल्नुको कारण बताएको स्मरण गराउँदै उहाले बहुदलीय व्यवस्थामा पार्टीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाले आज ५० प्रतिशत युवाहरु रहेको मुलुक भएको हुनाले युवाहरुको आकांक्षा फरक रहेको र हात हातमा स्माट फोन बोक्ने युवा भएकाले त्यसलाई पनि सम्बोधन गर्दै कांग्रेसले घोषणापत्र तयार पारेको बताउनुभयो ।
उहाले रोजगारी, सिर्जना, प्राकितिक संम्पदाको संरक्षण,आत्म सम्ममानका कुरा, जलबायू परिवर्तनका मुद्दाहरुलाई समेटेर निरन्तरतामा नविनता भनेर घोषणापत्र तयार गरेको बताउनुभयो । उहाले नुवाकोटबाट सम्भावना भएका नेताहरु बहादुरसिंह लामा, रामप्रसाद ढुंगानालाई पनि जिताउन आग्रह गर्नुभयो । नुवाकोट जिल्ला विकासको सम्भावना भएको जिल्लाको रुपमा रहेको बताउँदै उहाले भारत र चीन जोड्ने बाटो रहेकाले विकासको धेरै सम्भावना भएको बताउनुभयो । उहाले तीनखुट्टे ओदानजस्तै कांग्रेसले तीनखम्बे अर्थनिती लिएर अगाडि बढेको बताउँदै सबैलाई समृद्ध र धनी बनाउने विशाल मध्यमवर्ग भएको नेपाली बनाउने लक्ष्यकासाथ कांग्रेस अगाडि बढिरहेको बताउनुभयो ।
उहाले नेपाली कांग्रेसका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सुरु गर्नुभएको आर्थिक परिवर्तनको सपना अहिले बरालिएको अवस्थामा रहेको भन्दै अबको सरकारले यसलाई सम्हालेर जाने बताउनुभयो । उहाले त्यसका लागि अर्जुननरसिंह केसीजस्ता नेताको संसदमा आवश्यक रहेकोमा जोड दिनुभयो । उहाले गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि पनि काम गर्ने बताउनुभयो । उहाले विकासका लागि विश्वासिला नेताहरु आवश्यक रहेको बताउँदै उहाहरुलाई सहयोग गर्न युवाहरु, नागरिक समाज, पत्रकारहरुको पनि सहयोग आवश्यक रहने बताउनुभयो ।

उहाले अर्जुनरसिंह केसीजस्ता नेताहरुको छत्रछायाँमा बसेर काम गर्न आफूहरुजस्ता सयौं युवाहरु लामवद्ध रहेको बताउँदै विश्वासिलो र अनुभवी नेताहरुको सहयोगले नै देश बनाउन सकिने बताउनुभयो । उहाले किसानका लागि मल , व्यपारीका लागि सहज कर्जा र मुद्रास्थितिका समस्या समाधानका लागि नयाँ सरकार बनेको ५ महिनामा नै सरकारले काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत लामाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले नुवाकोटको विकासका लागि आफूले १३ वर्षको उमेरदेखि लागिरहेको भन्दै अब अन्तिम पटक बाँकी रहेका योजनालाई पुरा गर्नका लागि मत दिन आग्रह गर्नुभयो ।
उहाले संघीय संसदका लागि अन्य उम्मेदवारहरु पनि निर्वाचनमा आएको भन्दै कहिलेई जनताको पक्षमा काम नगर्नेहरु निर्वाचन लड्न आउनु अस्वभाविक भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश ख का उम्मेदवार बहादुरसिंह लामा, ख का उम्मेदवार रामप्रसाद ढुंगाना,माओवादी पोलिटब्यूरो सदस्य बिमला सुवेदी, नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी एकिकृत समाजवादीका जिल्ला संयोजक गोबिन्द नेपाली, नेपाली कांग्रेस नुवाकोटका नेता दिपक लामाले गठबन्धनबाट देशको विकास हुने भन्दै सबै उम्मेदवारहरुलाई जिताउन अपिल गर्नुभएको थियो । कार्यक्रममा एक हजारभन्दा बढि गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो