
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको नुवाकोट जिल्लाका पाँचदलीय गठबन्धनले आज राजधानीमा आमसभाको आयोजना गर्ने भएको छ । गठबन्धन दल आवद्ध नेताहरुका अनुसार राजधानीको नेपालटारस्थित एबी कान्तिपुर पार्टी प्यालेसमा अपराह्रन्न १२.३० बजे आमसभाको आयोजना गर्ने तयारी गरिएको छ ।
नुवाकोटबाट राजधानी आइ बसोबार गरेका क्षेत्र नं २ का मतदाताहरुसँगको भेटघाटका लागि आमसभाको आयोजना गरिएको बाम लोकतान्त्रिक गठबन्धनले जनाएको छ । सभामा क्षेत्र नं २ का उम्मेदवार एवं कांग्रेस नेता अर्जुनरसिंह केसी, प्रदेशका उम्मेदवारहरु बहादसरसिंह लामा र रामप्रसाद ढुंगानाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै समानुपातिका उम्मेदवारहरुसहित कांग्रेस, माओवादी, समाजवादीका नेताहरुले पनि सम्बोधन गर्ने जनाइएको छ । गठबन्धनले नुवाकोटबाट राजधानीमा बसोबास गर्ने सबै मतदाताहरुलाई सभामा उपस्थितिका लागि अपिल समेत गरेका छन् ।