
योविन्द्र सिंह तामाड.,जिल्ला सदस्य,कृष्ण बहादुर स्याड.्तान, पार्टी सचिव दुप्चेश्वर
विदुर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नुवाकोट कांग्रेसका दुई नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जिल्ला कार्यसमिति नुवाकोटका सभापति रमेश महतलाई पत्र लेख्दै कारबाही फिर्ता गरिएको उल्लेख गर्नुभएको छ । सभापति ढुंगानाले हिजो माघ १५ गते जिल्ला समितिलाई पठाउनु भएको पत्रमा भनिएको छ,
श्री सभापति
नेपाली कांग्रेस
जिल्ला कार्यसमिति नुवाकोट
स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट विद्रोही भएका उम्मेदवारी दिने र निजका प्रस्तावक रु समथर्क नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित)धारा ३४ बमोजिम साधारण सदस्य समेत नरहने व्यवस्थाका बारेमा अवगत नै छ । तथापी तपशिलमा उल्लेखित व्यक्तिले पुन ः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसाथ गर्दै पार्टीको आदर्श,शिद्धान्त र उदेश्य अनुसार क्रियाशिल रहने गरी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा निवेदन दिई पार्टीमा नै रहने प्रतिद्धता व्यक्त गर्नु भएको र नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले मिति २०८१ जेठ ९ गते कारबाही फुकुवा गर्न सिफारिस समेत गरेकोले नेपाली कांग्रेस केन्दुीय कार्यसमितिले अनुमोदन गर्ने गरी निजको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको व्यहोरा अवगत गराईन्छ ।
केन्द्रका पत्रमा कारबाही फुकुमा हुनेमा पूर्व गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाड. र नेपाली कांग्रेस छाडेर एमालेबाट वडा नं १ को वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कृष्णबहादुर स्याड्तान हुनुहुन्छ ।
केन्द्रीय अनुशासन समितिको यो पत्रसँगै योविन्द्रसिंह तामाड.को जिल्ला सदस्य पद यथावत भएको छ । भने स्याड.तानको नेपाली कांग्रेस दुप्चेश्वरको सचिव कायम भएको छ ।
स्मरणीय छ तामाड. नेपाली कांग्रेसबाट २०७४ मा दुप्चेश्वर गाउँपालिकाबाट अध्यक्ष बन्नुभएको थियो । दोस्रो कार्यकालका लागि पनि अध्यक्ष बन्ने आकाक्षाँ राखेपनि मुख्य रुपमा केसी परिवारको विरोधका कारण सम्भवन हुन सकेन् । केसी परिवारको बारम्बारको विरोधकाबीच तामाड.लाई कांग्रेसले टिकट नदिएपछि एमाले प्रवेश गर्नुभएको थियो ।
एमालेबाट अध्यक्षको उम्मेदवार बन्नुभएका तामाड. निवाचनम पराजित हुन पुग्नुभयो । निर्वाचनमा पराजित भएसँगै पुन कांग्रेसमा फर्कने तयारी गर्नुभएको थियो सोही तयारी अनुसार नुवाकोट कांग्रेसले २०८० मा भएको जिल्ला सम्मेलनमा फिर्ता ल्याउने र नयाँ सदस्य दिने भन्दै कांग्रेस तयारी गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा प्रवेशको अन्तिम तयारी भएका बेला कांग्रेस नेता अर्जुननरसिंह केसीको असहमतिपछि स्थगित भएको थियो ।
कांग्रेसबाट विरोध भएपनि डा. प्रकाशशरण महत निकट रहेर कांग्रेसको गतिविधिमा सक्रिय रहँदै आउनु भएका तामाड.लाई सोही आधारमा कांग्रेसले पार्टीमा पुन ः स्थान दिएको छ । पारिवारिक रुपमा नै सानैदेखि कांग्रेसका सक्रिय तामाड. दुप्चेश्वरका एक हस्ती थिए । तर नेताहरुको चेपुवामा परेका कारण उनको व्यक्तित्व केही खस्किएपनि पछिल्लो समय पुन कांग्रेसप्रतिको प्रतिवद्धतामा भने कमी आएको छैन ।
तामाडलाई कांग्रेसमा पुन ः पुरानै स्थान दिएको र कारबाही फिर्ता गरिएकोमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताले खुशी व्यक्त गरेका छन् । पछिल्लो समय तामाड.को क्रियाकलाप कांग्रेसप्रति नै रहेको थियो,फिर्ता गरेर दुप्चेश्वरको विरासत फर्काउन अब हामीलाई बलपुगेको छ । नुवकोटका एक नेता नुवाकोट पुकारसँग भने,
तर यसै विषयलाई लिएर कांग्रेसका पुराना नेता चोकराज शाक्यले विरोध जनाउनु भएको छ । शाक्यले आफ्नो फेसबुक पेजमार्फत तामाड.लाई कारबाही फिर्ता गरिएको पत्र समेत सार्वजनिक गर्दै जिल्ला सभापतिले गलत काम गरेर लेटरप्याडको दुरुपयोग गरेको भन्दै असन्तुष्टि पोख्नु भएको छ ।
यस्तै डा. केदारनरसिंह केसीले पनि अनुशासन समितिको नाममा गरिएको निर्णय खेदजनक भएको भन्दै विरोध जनाउनु भएको छ ।
