
काठमाडौ, स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सुधारका लागि प्रयासरत स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको छ ।
स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले निर्देशन दिनुभएकोथियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउनु भएको हो ।
कार्ययोजनाका आधारमा मन्त्रीपरिषद बैठकमार्फत स्वास्थ्य बीमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै ५ लाख पुर्याउने गरी तयारी गरिरहेको बताएका थिए । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।
मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले योजना रहेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक हुनुहुन्छ । मन्त्री पौडेलको उक्त योजना सफल हुन सकेका प्रति परिवार ५ लखासम्मको बिमा भुक्तानी हुनेछ । प्रति परिवार ३५ सयको स्वास्थ्य बिमा गरेसँगै सरकारले हाल एक लाखसम्मको स्वास्थ्य बिमाको सुविधा प्रदान गर्दै आएको छ ।