
काठमाडौँ — आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।भक्तपुर जिल्ला अदालतले शुक्रबार तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको बताइएको छ । समाजिक अभियान्ताका नाममा उनले होटल व्यवसायदेखि विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएकी थिईन । पछिल्लो समय भने उनलाई प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको थियो ।