Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

जनतासँग माओवादी अभियान फागुन १२ देखि सुरु हुने

नुवाकोट पुकार २१ माघ २०८१, सोमबार १७:३९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सत्ताबाट बाहिरिएसँगै जनातको दलदैलोमा पुग्ने अभियानमा लागेको छ । यसै क्रममा फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्गमा आधारित अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गर्दै विभिन्न प्रदेशका इन्चार्जहरू तोकेको छ । जसअनुसार कोसी प्रदेशको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल, मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, वाग्मतीमा सचिव हितमान शाक्यलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गण्डकीमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेललाई दिइएको प्रवक्ता सापकोटाले बताए ।

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका अन्तरसमिति प्रदेशमा राम कार्की र प्रवास एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

Continue Reading

Previous: गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक विदा
Next: आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार