
विदुर । गल्छी- त्रिशूली सडक खण्ड अन्तरर्गत तारुकाघाटमा बसमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले दिनुभएको जानकारी अनुसार काठमाडौबाट त्रिसुली आउँदै गरेको बा ४ ख १५४७ नम्बर डिलक्स बस र बिपरित दिशा बाट आउँदै गरेको बा ५८ प २८०४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सबार नुवाकोट बेलकोटगढी ७ रातमाटेका २२ वर्षीय जीवन राईको मृत्यु भएको छ ।
यस्तै बसमा सबार एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । स्थानीय युवाको मृत्युपछि अहिले उक्त सडक अवरुद्ध रहेको र खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । बस चालकलाई भने नियन्त्रणमा लिइएको जनाइएको छ ।चालक आफै समेत घाइते भएकाले नियन्त्रण्मा लिएर जिल्ला अस्पताल त्रिशूलीमामा उपचार भैरहेको छ ।अन्य घाइतेहरुको पनि स्थानीय अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।