Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

यूएसएआईडीमा कार्यरत कर्मचारीलाई अमेरिका फर्किन आदेश,बाँकी करारका कर्मचारीलाई शुक्रबार रातिबाट विदा

नुवाकोट पुकार २३ माघ २०८१, बुधबार १६:२२

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन आदेश दिएको छ ।

यूएसएआईडीले एक सूचना जारी गर्दै आवश्यक थोरै संख्यामा कर्मचारीलाई कार्यालमा राखिने र बाँकीलाई फर्किन आदेश दिएको हो । यस्तै, बाँकी करारका कर्मचारीलाई शुक्रबार रातिबाट विदामा राखिने यूएसएआईडीले जनाएको छ ।

“शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११ः५९ बजे मिसन–महत्त्वपूर्ण कार्यहरू, कोर नेतृत्व र विशेषरूपमा निर्दिष्ट कार्यक्रमहरूको जिम्मेवारी पाएका निश्चित कर्मचारीबाहेक सबै विश्वमा यूएसएआईडीले प्रत्यक्ष नियुक्त गरेका कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिनेछ । काम गरिरहने अपेक्षा गरिएका आवश्यक कर्मचारीहरूलाई एजेन्सी नेतृत्वले बिहीबार, फेब्रुअरी ६, दिउँसो ३ बजे सम्ममा सूचीत गर्नेछ,” यूएसएआईडीद्वारा जारी सूचनामा भनिएको छ । 

अमेरिका बाहिर नियुक्त भएका कर्मचारीहरूका लागि यूएसएआईडीले मिसनहरू र विदेश मन्त्रालयको समन्वयमा आवश्यकता र कानुनअनुसार योजना तयार गरिरहेको सूचनामा उल्लेख छ । 

जसअनुसार, यूएसएआईडीले ३० दिनभित्र अमेरिका फर्किने यात्रा व्यवस्था गर्ने र आवश्यक नभएका पीएससी र आईएससीको करार समाप्त गर्ने जनाइएको छ । 

यूएसएआईडीले व्यक्तिगत वा पारिवारिक कठिनाइ, सुरक्षा चासो वा अन्य कारणहरूको आधारमा फर्कने समयलाई विचार गर्ने जनाइएको छ । उदाहरणका लागि आश्रितहरूको स्कूल अवधि, व्यक्तिगत वा पारिवारिक चिकित्सा आवश्यकताहरू, गर्भावस्थालार्य विचार गरिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी गरिएको हो । 

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनमा स्थापित भएको थियो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिकरूपमा अर्बौं डलर वितरण गर्छ ।

अमेरिकाबाट प्रकाशित हुने अखबार ‘वासिङ्टन पोस्ट’को एक रिपोर्ट अनुसार, सन् २०२३ मा यूएसएआईडीले विश्वका १०० भन्दा बढी देशमा ४० अर्ब अमेरिकी डलर (करिब ५५ खर्ब ३७ अर्ब रुपैयाँ) खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजारभन्दा बढी मानिस कार्यरत रहेको जनाइएको छ । (समाचार एजेन्सीको सहयोगमा)

Continue Reading

Previous: गल्छी -त्रिशूली सडक खण्डमा बसमा मोटरसाईकल ठोक्किदा रातमाटेका जीवन राईको मृत्यु
Next: पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार