
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । १८ गते बसेको बैठकमा संघीय संसद्को अबको निर्वाचन स्थानीय तहको भन्दा पहिला गर्न माग गरिएको थियो ।