Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

विदुर नगरपालिकाभित्र २७४७ किशोरीले लगाए एच.पी.भी.खोप

नुवाकोट पुकार २९ माघ २०८१, मंगलवार २०:२७

खोप हस्तान्तरणको फाइल तस्बिर

विदुर । सरकारले घोषणा गरेको पाठेघरको क्यान्सर विरुद्धको खोप अभियान विदुर नगरपालिकामा सम्पन्न भएको छ ।

एच.पी.भी.खोप कार्यक्रमको राष्ट्रिय अभियान अन्तर्रगत बिदुर नगरपालिका, स्वास्थ्य शाखा मार्फत विभिन्न ४४ वटा बिद्यालय र १९ वटा स्वास्थ्य सँस्थामा सञ्चालन गरेको खोप कार्यक्रम अनुसार ९९.९ प्रतिशत किशोरीहरुले खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार नगरपालिकालभित्र कुल लक्ष्य २७५० रहेकोमा २७४७ किशोरीले खोप लगाएका छन् ।

नगरपालिकाले स्वास्थ्य शाखामार्फत खोपकेन्द्रहरुका लागि २७७७ खोप पठाएको थियो । खोप केन्द्रमार्फत लक्ष्य हासिल गर्न सफल भएकोमा विदुर नगरपालिका नगर प्रमुख राजन श्रेष्ठले खुशी व्यक्त गदै लक्ष्य हासिल गर्न अहोरात्र खटिनु हुने स्वास्थ्य शाखा टिम, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिलास्वास्थ्य स्वयम् सेविका, विद्यालय परिवार एंव नगरबासीप्रति आभार व्यक्त गर्नुभएको छ ।

मेयर श्रेष्ठले समाजिक सञ्जालमार्फत पनि विदुर नगरपालिकामा उत्साहजनक रुपमा कार्यक्रम सफल बनाउन सहजिकरण गर्ने जनस्वाथ्य कार्यालय नुवाकोट परिवार, बिदुर नगरपालिकाको विभिन्न जिम्मेवारीमा रहनुभएका जनप्रतिनिधिहरु, विद्यालयका शिक्षिका, शिक्षक, सञ्चारकर्मी, सरोकारवाला सम्पूर्णलाई आगामी दिनमा पनि नगरपालिका मार्फत सञ्चालित कार्यक्रमलाई सफल बनाउन सहयोगको अपिल समेत गर्नुभएको छ ।

सरकारले विद्यालय जाने र नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । देशभर १६ लाख र नुावकोटमा ११ हजार किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । सोही लक्ष्य अनुसार माघ २२ देखि फागुन ७ गते सम्म खोप अभियान सञ्चालन हुनेछ ।

पछिल्लो समय पाठेघरको क्यान्सरका कारण महिलाको मृत्युदरको संख्या बढ्दै गएपछि सरकारले क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरेको हो । पहिलो चरणमा १० देखि १४ वर्ष मुनिका किशोरीहरुका लागि खोप लगाइएको छ भने दोस्रो चरणमा अन्य उमेर समूहका महिलाहरुलाई खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Continue Reading

Previous: ग्लोबल आइएमई बैंकले फोटो पत्रकारलाई क्यामारा किन्न विना धितो ऋण दिने
Next: स्वस्थानी व्रत आज समापन गरिँदै

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार