
विदुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको ३४ औं अधिबेशनबाट सभापतिमा हरि श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा श्रेष्ठले सभापतिका अर्का प्रत्यासी शिव गुणीलाई भारी मत अन्तरले बिजयी हुनुभएको छ । सभापतिका प्रत्यासी गुणीले १६ मत ल्याउँदा विजयी बन्नुभएका श्रेष्ठले १११ मत ल्याउनु भयो ।
यस्तै निर्वाचनबाट उपसभापतिमा निरन्जन आचार्य र महिला उपसभापतिमा शुसिला चित्रकार निर्वाचित निर्विरोध हुनुभएको छ । यस्तै मन्त्रीमा उद्दब शर्मा रिजाल र कोषाध्यक्षमा नबराज सुबेदीले ९० मत ल्याएर बिजयी हुँदा उहाका प्रतिस्पधी बद्री प्रसाद त्रिपाठीले ३३ मत ल्याउनु भएको थियो ।
यस्तै उपमन्त्रीमा प्रेमप्रसाद रिमा उपकोषाध्यक्षमा क्षेत्रबहादुर तामाङ निर्वाचि हुनुभयो । यस्तै सदस्यहरूमा राजकुमार भट्टराई,शंकर अमात्य,केशब सुबेदी,बिनोद पाठक,रमेश गिरी,ज्ञानेन्द्र गिरी,रूपबहादुर तामाङ,शुसिला श्रेष्ठ,निर्मला प्याकुरेल,पार्बती भट्ट हुमागाइँ निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस निकट दुई उम्मेदवारबीच भएको प्रतिस्पर्धामा श्रेष्ठले बिजयी हासिल गर्नुभयो । सामाजिक अभियानमा सक्रिय रहने संस्था भएपनि त्यसको नेतृत्वका लागि भने राजनीतिक आडमा चयन हुने गरेको छ । रेडक्रसले नुवाकोट जिल्लामा विपतका बेला राहत तथा अन्य सहयोग गर्दै आएको छ ।