
काठमाडौं । राष्ट्यि प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपाल विद्युत प्राधिकरणले दुइ खरब हाराहारीको सेयर निस्कासन गर्ने तयारी गरेको खबरले खुशी लागेको बताएका छन् ।
डा. लोहनीले समाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्राधिकरणको व्यवस्थापन टिम तथा प्रवन्ध निर्देशक कुलमान घिसिड.लाई बधाई समेत दिएका छन् । डा. लोहनीले विकसित देशहरुमा पनि विद्युतको शेयर जोखिमको दाजोमा प्रतिफल राम्रो आउने लगानीको रुपमा लिईने भन्दै यो प्रयासलाई नेपाल सरकारले प्रोत्साहित गरे त्यो जनताको हितमा हुने उल्लेख गरेका छन् ।
उनले सरकारलाई पनि यो जस लिने माध्यम हुने सुझाव समेत दिएका छन् । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि दुई खर्ब बराबरको शेयर ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएको थियो ।