
काठमाडौं । प्रतिनिधिसभमा प्रतिनिधित्व गरेका आठ राजनीतिक दललले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाको समर्थन कांग्रेसका उम्मेदवारलाई हुने भएको हो ।
कांग्रेसले उम्मेदवार तय गर्न भोलिका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा रामचन्द्र पौडेलको सम्भावना बलियो रहेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले पनि राष्ट्रपतिका लागि आफ्नोे तर्फबाट लबिड. गरिररहेका छन् ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समय योगदान गरेका पौडेल शाििशन र निष्ठावान नेताका रुपमा परिचित रहेका छन् । कांग्रेसका वरिष्ठ नेता समेत रहेका पौडेललाई कांग्रेसले राष्ट्पतिको उम्मेदवार बनाउँदा पौडेलमागि न्याय हुने कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।