Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण

नुवाकोट पुकार १० फाल्गुन २०८१, शनिबार १७:४६

काठमाडौँ, फागुन १० गते । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७ औँ वार्षिकोत्सवका अवसरमा  पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । 

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।

“न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”,  लेखिका शाक्यले भन्नुभयो,   “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।” 

तस्बिर ः गोरखापत्र अनलाइनबाट

Continue Reading

Previous: पाथीभरा केबलकारका विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्न महासंघको आग्रह
Next: रवि लामिछानेलाई सहकारी ठगीमा सजाय हुनुपर्छ : नेता कोइराला

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार