Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रवि लामिछानेलाई सहकारी ठगीमा सजाय हुनुपर्छ : नेता कोइराला

नुवाकोट पुकार १० फाल्गुन २०८१, शनिबार १७:५४

काठमाडौँ, फागुन १० गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौँमा प्रजातन्त्र सेनानी सङ्घका प्रतिनिधिहरूको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको भन्दै सजाय पाउनुपर्ने बताउनुभयो । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन् नमिल्ने बताउनुभयो ।

मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने उहाँको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्‍याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लङ्घन गरेको जानकारी दिनुभयो । उहाँले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कांग्रेसीहरूले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौँ तबसम्म हामी कांग्रेसी हुँदैनौँ । ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी संरक्षण लिन सक्दैनौँ । किन लगेको थियो त ? संरक्षण दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ।’’

सांसद कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुङ्गो नलागेको प्रति आपत्ति जनाउनुभयो । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुङ्गो छैन हाम्रो । ०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईंहरूले साथीहरूलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्‍यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्‍याे । दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘राज्य नै एमालेकरण भइरहेको छ की भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ की भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ । मन्त्रीज्युहरूले सहकार्य गर्ने हो त्यसमा कुनै शङ्का नै भएन । तपाईं हामीले खबरदारी गरिरहनुपर्छ । र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ ।’’

सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताउनुभयो । 

Continue Reading

Previous: राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
Next: कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार