Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न

नुवाकोट पुकार १० फाल्गुन २०८१, शनिबार १८:५१


विराटनगर । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ । 


महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।


प्रदेश स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरुप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्दै नबिल एसएसईअन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ । 


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गर्दै नबिल एसएसईबारे जानकारी गराएका थिए । “बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम सुरुआत गरेको हो, यो समाजप्रति उत्तरदायित्व बहन गर्ने एक माध्यम पनि हो”, सिइओ ढुंगानाले भने । उनले यस कार्यक्रममा सहभागीहरुलाई थप उद्यम स्थापना गर्नका लागि प्रोत्साहन गर्दै कार्यक्रमको उद्देश्य मुलुकमा रोजगारी सिर्जना र युवा पलायन रोक्नु रहेको बताए ।
सोही अवसरमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्तरक्रियामा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ,  नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला थिए भने मध्यस्थकर्ताको भूमिकामा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक ज्योती कोठारी थिए । 
अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बिशाल घिमिरेले स्वदेशमै पुँजी तथा श्रम राख्न सक्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि उद्यमशीलता प्रवद्र्धन गर्ने नीति तथा नियम निर्माणमा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याए । उद्यमशीलताका क्रियाकलापहरूले जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिँदै उनले लगानी प्रवद्र्धन तथा व्यवसाय वृद्धिका लागि सरकारले लगानी सम्मेलन आयोजना गर्नुपर्ने बताए । 


नबिल बैंकका अध्यक्ष पौडेलले बैंक सामाजिक उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेको जानकारी दिँदै उद्यमशीलताको इकोसिस्टम विकास गर्नुपर्नेमा जोड दिए । उनले नयाँ क्षेत्रमा प्रवेश गर्दा बजारको माग, लगानी र उद्यमीका क्षमताबारे विचार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले नबिल एसएसईको अवधारणाबारे चर्चा गर्दै बैंक दिगो उद्यमी विकासमा प्रतिबद्ध रहेको बताए । “बैंकहरुले मात्रै होइन, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुले पनि व्यवसायलाई दिगो बनाउन आवश्यक छ, यसले जनजीवन र वातावरणको हितमा सहयोग गर्छ”, उनले भने । 


पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. श्रेष्ठले विश्वविद्यालयले व्यावसायिक संस्थाहरुसँगको सहकार्यमा रोजगारी तथा नयाँ  व्यवसाय सृजना गर्दै आएको बताए । उनले सोहीअनुसार विश्वविद्यालयले कार्यक्रम तथा पाठ्यक्रम विकास गरिरहेको जानकारी दिए ।
नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष निरौलाले स्थानीय व्यवसाय प्रवद्र्धन गर्दै स्वदेशी बजारको विकास गर्नुपर्नेमा जोड दिए । उनले महासंघले नव उद्यमी र बजारबीचको दूरी घटाउने गरी पहल गरिरहेको समेत बताए । 
नबिल एसएसई कोशी प्रदेशका संयोजक बेद संग्रौलाले सहभागी तथा अतिथिहरुलाई स्वागत गर्दै उद्यमशीलता प्रवद्र्धनमा निरन्तर सहयोगका लागि नबिल बैंकप्रति आभार व्यक्त गरे । उक्त अवसरमा नबिल एसएसई कार्यक्रमका सहभागीहरुले आफ्‌नो उद्यमशीलता यात्रा र नबिल एसएसईमार्फत प्राप्त ज्ञानले पुर्‍याएको सहयोगबारे चर्चा गरेका थिए । कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको सम्भावनालाई उजागर गर्दै नवप्रवर्तनशील व्यवसायहरूको प्रवद्र्धन तथा मुलुकभर दिगो उद्यमशीलता प्रवद्र्धनमा  सहयोग पुर्‍याउँदै आएको छ । 


सोही अवसरमा नबिल बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा. रामावतार शरणले कार्यक्रममा सहयोग पुर्‍याउने विज्ञहरुलाई सम्मान स्वरुप मायाको चिन्ह प्रदान गरेका थिए । क्याम्पस प्रमुख डा. शरणले नबिल बैंक तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससँगको साझेदारीमा सञ्चालित नबिल एसएसई कार्यक्रम सफल रहेको तथा आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।


नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनेसरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम तथा सर्टिफिकेट कोर्स सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै प्रदेशका ११ शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन भइरहेको छ ।


हालसम्म नबिल एसएसई सर्टिफिकेट कोर्सले ५४३ सहभागीलाई सफलतापूर्वक प्रशिक्षण प्रदान गरेको छ । जसले ७२ उद्यम स्थापना गर्न सफल भएका छन् । दुवै कार्यक्रममार्फत हालसम्म कुल ११७ उद्यम स्थापना भएका छन् भने एक हजार २०० भन्दा बढी रोजगारीका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।

Continue Reading

Previous: रवि लामिछानेलाई सहकारी ठगीमा सजाय हुनुपर्छ : नेता कोइराला
Next: चितवनमा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता–२०८१ आयोजना गरिने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार