Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

चितवनमा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता–२०८१ आयोजना गरिने

नुवाकोट पुकार १० फाल्गुन २०८१, शनिबार १९:१७ 1 min read

काठमाडौं । गोर्खाली रग्वी क्लबको आयोजनामा यहि फागुन १६ र १७ भरतपुर महानगरपालिका वडा नं ७ स्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता–२०८१ गोर्खाली रग्वी सेभेन्स ट्रफि आयोजना हुने भएको छ । गोर्खाली रहित दुई विभागिय टिम नेपाल आर्मि तथा एपिएफ सहित ५ प्रदेशको सहभागिता रहने जनाइएको छ ।


शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोर्खाली रग्वी क्लब नेपाल रग्वी संघमा २०७४ साल देखी आवद्दता रहेर नेपाल रग्वी संघले आयोजना गरेको विभिन्न रष्ट्रिय प्रतियोगिता जुनियर तथा सिनयर सेभेन्स ए साइड तथा फिपटिन ए साईड रग्वी प्रतियोगितामा सहभागी भई यू १८, यू २० साथै राष्ट्रिय सेभेन्स ए साइड प्रतियोगिताका साथै गत वर्ष नेपाल रग्वी संघको आयोजनामा भएको फिप्टिन्स ए साईड रग्वी प्रतियोगिता विजय बन्न सफल भएको बताइएको छ ।

साथै क्लबले कर्णाली रग्वी संघ र गोर्खाली विच २ वर्षका लागी सहकार्य गरि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा स्वयमसेवक प्रशिक्षक गरी प्रदेशलाई २ वर्षमा यू १४, यू १८, यू २० र सिनियरमा राष्ट्रिय प्रतियोगितामा समेत प्रथम बनाउन सफल भईसकेको छ । यस क्ल्बले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेको र गरिरहेको बताइएको छ । हाल नेपालको सेभेन्स र फिपटिन्स साईडमा यस क्लबबाट १२ जना खेलाडीहरु नेपालको राष्ट्रिय टिममा रहेका छन् ।


राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकास परिषद बागमती लगाएत अन्य विभिन्न संघ संस्था व्यक्तिहरुको सहयोगमा प्रतियोगिता संचालनका साथ सम्पन्न हुने विश्वास क्लबका अध्यक्ष हरेराम रोहित कार्कीले जनाएका छन् । प्रतियोगिताकोMedical Partner, Chitwan Medical College, Travels Partner Holiday Trip Nepal Pvt, Ltd, Internet Partner TechMind Network Chitwan, Hospitality Partner Ankuram Academy Chitwan, Clothing Partner Thread Garment Imadole, साथै एल.आई सी कर्पोरेशन (नेपाल) ली., राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, ए.सि.टी. एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट किर्तिपुर, त्यस्तै गरि उत्कृष्ठ गोर्खाली सेभेन्स प्रतियोगिताका प्लेयरलाई भर्दना काउचरबाट इटालिएन सुट १ सेट उपलब्ध गराउने आयोजकले जानकारी गराएका छन् । प्रतियोगितामा सहभागि टिमलाई आयोजकको तर्फबाट होटल तथा एक तर्फि यातायात खर्च आयोजकले व्यहोर्ने छ ।


प्रतियोगिता लिग चरणमा हुने प्रतियोगितामा कुल १३५ पुरुष खेलाडीको सहभागिता रहनेछ भने अफसियल,मेडिक टिम, स्वयमसेवक गरी कुल १६५ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा विजेता टिमले नगद रु २ लाख सहित ट्रफि, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उप विजेता टिमले नगद रु १ लाख सहित मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।


नेपालमा हाल सम्म भएको रग्वी प्रतियोगितामा नगद पुरस्कार सहितको यो नै पहिलो प्रतियोगिता रहेका क्लबका सचिव प्रेम कोइरालाले जनाएका छन् । २ दिन सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्नको लागी २१ लाख बराबरको खर्च रहनेछ । यस प्रतियोगिताले नेपाल सरकार, राष्ट्रिय खेलकुद पषिदको आयोजनामा सुर्खेतमा हुन गईरहेको १० औँ राष्ट्रिय प्रतियोगिताको तयारीको लागी समेत सहयोग पुग्ने जनाएका छन् । क्लबका अध्यक्ष रोहित कार्कीका अनुसार यस प्रतियोगितालाई विषेशतय गोर्खाली रग्वी सेभेन्स ट्रफिलाई अन्तराष्ट्रिय स्तरमा समेत प्रचार गराउने उद्देश्यका साथ दोश्रो संस्करणको प्रतियोगिता विदेशी टिमलाई सहभागिता गराउने जनाएका छन् ।

Continue Reading

Previous: कोशी प्रदेशमा नबिल बैंकको ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न
Next: जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार निर्वाचित

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार