
विदुर । नुवाकोट जिल्लाको धार्मिक तथा ऐतिहासिक क्षेत्र देवीघाटमा रहेको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार चयन हुनु भएको छ । आज पवित्र धार्मिकस्थल देवीघाटमा सम्पन्न भएको समितिको १० औ साधारणसभा तथा अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि भरतकाजी चित्रकारको नेतृत्वमा २० सदस्यीय कार्यसमितिमा सर्वसम्वत निर्वाचित गरिएको संस्थाका निवर्तमान अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिनुभयो ।
यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुशीला चित्रकार,उपाध्यक्षमा नविन चित्रकार,सचिवमा मदन चित्रकार,सहसचिव शिवप्रसाद प्याकुरेल,कोषाध्यक्षमा रामलाल चित्रकार र सहकोषाध्यक्षमा बद्रीलाल चित्रकारलाई सर्वसम्वत रुपमा चयन गरेको छ । अधिवेशनबाट सदस्यहरुमा रामकृष्ण भट्ट,शम्भुप्रसाद रिमाल,मानकाजी चित्रकार,भवानी घिमिरे,विनिता चित्रकार र यसोदा कँडेलाई चयन गरको छ । यस्तै सदस्यहरुमा टाकानाथ रिजाल,राजाराम चित्रकार,रामराजा वस्ती,फडिन्द्रमान श्रेष्ठ चन्द्रलाल चित्रकारलाई चयन गरेको छ ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारी एवं सदस्यहरुलाई विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले नुावकोट जिल्लाको धार्मिक स्थल देवीघाटनको जालापा क्षेत्रको संरक्षण र विकासका लागि समितिलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । २०४४ सालमा सस्थाको स्थापना भएको थियो ।
सोही समयदेखि अध्यक्षको भुमिकामा रहनु भएका मानबहादुर डङ्गोलले नयाँ नेतृत्वले जालापा क्षेत्रको विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । विदुर नगरपालिका वडा नं ५ स्थित जालपा देवी मन्दिर तथा राष्ट्निर्माता पृथ्वीनाराण शाहको देशतयाग भएको स्थानसहितका क्षेत्रसहितको संरक्षण गर्दै आएको छ ।