Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नुवाकोट पुकार ११ फाल्गुन २०८१, आईतवार १४:५४

काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर भइरहेको घटना, नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नुको कारण, प्रकृति लम्साल मृत्युको घटना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा नेपाली कांग्रेसका सांसद इश्वरीदेवी न्यौपानेले पूर्व राजा पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले लोकतान्त्रिक गणतन्त्रमाथि गरेको टिप्पणीका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद न्यौपानेले ठूलो सङ्घर्षबाट प्राप्त गणतन्त्र माथिको प्रहार सहन नसकिने भन्दै सत्तामा फर्किने मन भए चुनाव लडेर संसदमा आउन पूर्व राजा शाहलाई चुनौती दिनुभयो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका विषयमा भइरहेको विवादबारे संसद्बाट ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नेपालको कानुन अनुसार निजी क्षेत्रलाई केबलकार निर्माणका लागि अनुमति दिएको भएपनि केही दिनदेखि केबलकार निर्माणको विषयलाई लिएर भइरहेको घटना दुःखद भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्ग प्रशस्त गर्न माग गर्नुभयो । 

उहाँले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पुगेको भन्दै देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि गम्भीर हुन सभाको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले ताप्लेजुङमा केबलकार निर्माण सम्बन्धी सम्पूर्ण प्रक्रिया रोकेर सम्बद्ध पक्षसँग छलफल गरी अगाडी बढ्न माग गर्नुभयो । 

यसैगरी राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्रमा व्यापारिक स्वार्थका लागि घटना भइरहेको भन्दै केबलकार निर्माणकार्य अविलम्ब रोकेर वार्तामार्फत समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसदहरु पद्म गिरी र रघुजी पन्तले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत प्रकृति लम्साल मृत्यु घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रमा कोइराला, रामकुमार राई, तारा लामा, महेश बस्नेत, रामप्रकाश चौधरीलगायतले बैठकको आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

Continue Reading

Previous: ककनी २ मा कांग्रेसबाट सुर्य तामाड.द्वारा मनोनयन दर्ता
Next: राष्ट्रियसभाबाट पाँच वटै प्रतिस्थापन विधेयक बहुमतले पारित

सम्बन्धित समाचार

उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, सातजनाको मृत्यु

उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, सातजनाको मृत्यु

१ असार २०८२, आईतवार ११:३०
राजसंस्थाबारे सभापति देउवाको कुनै धारणा आएको छैन ः कांग्रेस

राजसंस्थाबारे सभापति देउवाको कुनै धारणा आएको छैन ः कांग्रेस

१० जेष्ठ २०८२, शुक्रबार ०८:३७
आजकाे प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

आजकाे प्रतिनिधिसभाको बैठक: प्रधानमन्त्री ओलीले प्रश्नको जवाफ दिनुहुने

७ जेष्ठ २०८२, मंगलवार ०८:०९

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार