Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपाल, भारत, चाइना एक्सपो पोखरामा सुरु 

नुवाकोट पुकार १२ फाल्गुन २०८१, सोमबार १८:१७

पोखरा । पोखरामा आज नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ ।  पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम सुरु भएको कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो । 

प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित भारत र चाइनाबाट क्रेता, बिक्रेता, सञ्चारकर्मी र विज्ञ वक्ता लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू सहभागी रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो । 

कार्यक्रममा करिब ५ सय जनाको सहभागिता भएको आयोजकको भनाइ छ । संयोजक भट्टराईका अनुसार मङ्गलवार र बुधबार बी टु बी कार्यक्रम हुने छ ।

विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतः पहिलो पर्यटन मेला भएको उहाँको दाबी छ । 

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, अन्य प्रमुख पर्यटन सङ्घसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो । 

Continue Reading

Previous: कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थप
Next: पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न मन्त्री पौडेलको अपिल

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार