Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न मन्त्री पौडेलको अपिल

नुवाकोट पुकार १२ फाल्गुन २०८१, सोमबार १८:३०

काठमाडौँ, फागुन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) गर्न अपिल गर्नुभएको छ ।

मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्नुहुँदै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गर्नुभएको हो ।

सरकारले फागुन महिनाभरी नसर्ने रोगको पहिचान गर्ने अभियान सञ्चालन गरिरहेको छ । यो वर्ष पाँच लाख महिलाको पाठेघरको मुखको परीक्षण गर्ने सरकारको लक्ष्य छ । 

पाठेघरको मुखको क्यान्सरबाट बच्न जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियान सफल बनाउन सबै जनप्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सङ्घसंस्थाहरू सक्रियरूपमा संलग्न भई सहयोग गर्न मन्त्री पौडेलले अपिल गर्नुभएको हो ।

मन्त्री पौडेलले ३० वर्ष माथिका महिलालाई पाठेघरको मुखको परीक्षण गर्न तथा आ–आफ्नो घर परिवारका उक्त उमेर समूहका महिलालाई परीक्षणका लागि अभिप्रेरित गर्न अनुरोध गर्नु भएको छ । 

नेपालमा महिलामा हुने क्यान्सरहरू मध्ये महिलाको मृत्यु हुने प्रमुख कारण पाठेघरको मुखको क्यान्सर हो ।  समयमै पहिचान गरी उपचार गरेमा यो रोग निको हुने चिकित्सक बताउँछन् ।

Continue Reading

Previous: नेपाल, भारत, चाइना एक्सपो पोखरामा सुरु 
Next: कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन : महामन्त्री थापा

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार