Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन : महामन्त्री थापा

नुवाकोट पुकार १२ फाल्गुन २०८१, सोमबार १८:३६

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो । 

“अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन,’’ उहाँले भन्नुभयो । महामन्त्री थापाले सरकार विधि र कानुनअनुसार सञ्चालन हुने बताउँदै भन्नुभयो, “यदि सम्झौता गर्नैपर्ने अवस्था आयो भने कांग्रेस सरकार छोड्न तयार छ । प्रजातान्त्रिक अधिकारमाथि कुनै सम्झौता हुँदैन ।’’

उहाँले कांग्रेस र नेकपा एमालेबिचको सम्बन्ध बराबरीको हुने बताउँदै थप्नुभयो, “हामी न त एमालेलाई हेप्छौं, न त आफू हेपिन तयार छौं। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ । कुनै दुर्व्यवहार भए सहेर बस्दैनौँ । हामी अबको ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्न चाहन्छौं । यो समयको अधिकतम उपयोग गर्ने लक्ष्य छ ।’’

बिगतका दशकहरू शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा बितेको उल्लेख गर्दै महामन्त्री थापाले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“यो दशक रोजगारी सिर्जना, नेपाली आमाबुवालाई खुसी दिने, गरिबी र बेरोजगारी घटाउने दशकको रूपमा स्थापित गर्नुपर्छ । कांग्रेससँग योजना, भिजन, र सङ्कल्प छ,’’ उहाँले भन्नुभयो । यस्तै महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र २०८४ को निर्वाचनका सन्दर्भमा आवश्यक छलफलको समय नआइसकेको पनि स्पष्ट पार्नुभयो । 

Continue Reading

Previous: पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न मन्त्री पौडेलको अपिल
Next: चर्च ब्वाइज बन्यो बागमती गोल्डकपको च्याम्पियन

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार