
डा. प्रियंका गिरि(आयुर्वेदिक चिकित्सक)
हामीलाई नसर्ने रोग भन्दा झट्ट सुन्दा सुगर,प्रेसर आदिहरुको बढि याद आउँछ । के हजुरले सोच्नु भएको छ कि डिप्रेसन चिन्ता आदि जस्ता मानसिक रोगहरु पनि नसर्ने रोगहरु भित्र पर्दछन् र विश्वभर धेरै मानिसहरु यसबाट ग्रसित छन् भनेर ? ।
धजय को अनुसार विश्वभरिमा हरेक ४ जना व्यक्तिमा १ जना व्यक्ति आफ्नो जीवनकालमा मानसिक अवस्थाबाट ग्रसित हुन्छ ।
नेपाल हेल्र्थ रिसर्च काउन्सिल,२०२१ अनुसार १० प्रतिशत नेपाली युवाहरुले आफ्नो जीवनमा मानसिक अस्वस्थता भोगेका छन् । २०२३ अक्टोम्बर १०मा प्रकाशित एक तथ्यपत्रमा धजय ले उल्लेख गरे अनुसार मानसिक अस्वस्थता युवाहरुमा मात्र सिमित नभई साना साना बालबालिका,युवा, बृद्ध सबैमा देखापर्दछ ।
समाजमा यसको बुझाई
जसरी मानिसहरु खुलेर आफ्ना शारीरिक समस्याहरु बारे चर्चा गर्न रुचाउँछन् ,त्यति सहज रुपमा मानसिक समस्याहरु बताउँदैनन् । यसको एउटा कारण समाज आाफै पनि हो । कसैलाई मानसिक समस्या भएको थाहा पाउँदा यसलाई संकुचित र नकारात्मक दृष्टिकोणले हेर्ने चलन छ । व्यक्तिलाई भावनात्मक र मानसिक रुपमा मद्दत चाहिएको समयमा समाजबाट तिरस्कार पाइराखेको हुन्छ । पछिल्लो समाज जागरुक हुँदै गर्दा विस्तारै मानिसहरुमा पनि यस विषयमा चेतना फैलिएको छ । यस्ता कुराहरु सहजै खुलेर भन्न थालेका छन् । तर अझैसमाज यस विषयमा विकसित भने भैसकेको छैन ।
आजभोलिको जीवनशैली
साच्चिकै भन्नुपर्दा पहिलेको तुलनामा आजभोलीको जीवनशैली निकै बदलिसकेको छ । शारीरिक कसरत भन्दा बढि लामो समयसम्म मानसिक तनाव, दवाव तथा तनावपुर्ण वातावरणमा काम गर्नाले मनका भावना सुख,दःुख आदिहरुले मानसिक स्वास्थ्यमा सिधा असर पर्छ ।
यो प्रतिस्पर्धात्मक संसारमा आफ्नो भविष्य सुनिश्चित गर्न होस् वा दिनानुदिनमा घट्ने ससाना घटना प्रत्येक दिन हामीले चाहेर नचाहेर एउटा ,रेस, वा दौडमा छौं । यस दौडमा हामी अघि बढ्न यति व्यस्त छौ कि वर्तमान अवस्थाको समयमा बाच्न भुल्छौँ । शारीरिक बल चाहने ठाउँका काम आधुनिक उपकरणले ओगटीसकेका छन् । थोरै समय फुर्सत पायौ भने टिभी, मोबाइलमा भुल्न मन लाग्छ ।
हरेक कामलाई फाइदा र घाटाका दृष्टिले हेर्ने भएका छौंँ । रोबटले जसरी दैनिकी बिताइरहेका छाँ । हाम्रो खाना पनि फष्टफुड र जंक फुडतर्फ बढिरहेको छ । ताजा र पोषणयुक्त खाना जहिले खान पाउनु पनि कुनै ,लक्जरी,भन्दा कम छैन । हामीले खाएको खानाले हाम्रो शारीरिक स्वास्थ्य मात्रै निर्धारित नगरी हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ ।
कसरी आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्ने ?
सोच्नुहोस् त ! अन्तिम पटक कहिल्यै हजुरले आफ्नो रुचीको विषयमा समय दिनुभयो ? अन्तिम पटक कहिल्यै हजुरले नाचेको ,गीत गाएको ,एउटा चित्र बनाएको अथवा साथीहरुसँग खेलेको याद छ ? हाम्रो व्यस्तताको कारण यस्तो कुरामा समय दिन पाउदैनौ भन्नुहुन्छ होला,तर जसरी अरु महत्वपूर्ण विषयका लागि समय छुट्याउनु हुन्छ,त्यसैगरि आफ्नो लागि समय छुट्याउनुहोस् । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य एक अर्कासँग नजिकको सम्बन्ध राख्छन् । हजुरको २४ घण्टाको समयमा आफै चेतनशील भएर कम्तिमा १ घण्टा आफ्नो लागि छुट्याउनुहोस् ।
अहिलेको समयमा हजुर योग,प्राणयाम, हिड्ने,नाच्ने शारीरिक कसरत जुन पनि आफ्नो रुचि अनुसार गर्न सक्नुहुन्छ । यस्ता क्रियाकलापले शारीरिक र मानसिक दुवै तबरमा आफुलाई फाइदा पुर्याउँछ ।
शरीरमा आफुलाई आनन्दित र खुशी गराउने हर्मोनहरु उत्पन्न हुन्छन् । आफ्ना नजिकका मानिसहरु,घर परिवारसँग रमाइलोसँग समय बिताउनुहोस् । आफ्ना मनमा लागेका कुराहरु व्यक्त गर्नुहोस् । यस्ता कुराहरु आफैमा सिमित राख्दा मनमा गाठाहरु परि पछि खोल्न गाह्रो हुन्छ । आफ्नो काम गर्ने ठाउँ, बस्ने परिवार,समाजलाई सकारात्मक गराउने प्रयास गर्नुहोस् । आफूलाई समय दिनुहोस् , आफ्ना भावनालाई नदवाउनुहोस् । सहि र भरपर्दो मासिनलाई मात्र व्यक्त गर्नुहोस् । आवश्यक परेमा प्रोफेशनल व्यक्ति(काउन्सिलर),साइकोलोजिष्टसँग सल्लाह लिनुहोस् । आफुले कोही त्यस्तो व्यक्ति थाहा पाउनु भएमा उसलाई मद्दत गर्नुहोस् । मानसिक स्वास्थ्य हामी सबैको जिम्मेवारी हो र यसलाई स्वस्थ राख्नमा हामी सबैको योगदान रहन्छ । (लेखिका डा. हाल राजधानीको बसुन्धरास्थित चाइना हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)