Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पूर्व राजाको सन्देशपछिको राजनीतिक तरंग

नुवाकोट पुकार १४ फाल्गुन २०८१, बुधबार १५:५३

शुकदेव दाहाल

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापानका लागि सहज रुपमा आफ्नो राजगद्दी छाडेका पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक परिदृष्यलाई भने नजिकबाट नियाली रहेको देखिन्छ । विश्वका धेरै राजाहरु मध्ये सहजै आफ्नो लामो पारिवारिक विरासतलाई छाडेर सामान्य जीवन यापन गर्न तयार भएका पूर्व राजा ज्ञानेन्द्र र उनका परिवार यतिखेर गणतन्त्रका नाममा भैरहेका सकारात्मक ,नकारात्मक क्रियाकलापप्रति भने असन्तुष्ट देखिएका छन् ।

आम नागरिकले जुन उत्साहकासाथ देशमा गणतन्त्रका लागि क्रान्ति गरेका थिए तर परिणाम नकारात्मक देखिदै जाँदा नागरिकमा देखिएको वितृष्णासँगै पुर्व राजामा पनि असन्तुष्टिका स्वरहरु थप बलियो बन्दै जानु अस्वभाकि मान्न सकिदैन । राजाले २०६२।०६३को आन्दोलमार्फत भएको क्रान्तिबाट मुलुकले धेरै क्षति व्यहोर्नु नपरोस् भनेर सजिलै गद्दी त्याग गरेका हुन् । यो कुरा विश्वले नै हेरिरहेको छ ।

तर राजनीतिक दलहरुले जनतामार्फत जसरी सत्ता प्राप्त गरे त्यसरी नै त्यसको दुरुपयोग गरिरहेको भन्दै आम नागरिक समेत सन्तुष्ट छैनन् । जसको बलमा पूर्व राजाले प्रजातन्त्र दिवसको अवसरमा एक दिन अघि नै फागुन ६ गते आफ्नो भिडियो सन्देशमार्फते राजनीतिक प्रक्रिया र दलहरुप्रति आक्रोस पोखेका छन् । जनता र देशको समस्याबारे चिन्ता प्रकट गर्दै पूर्वराजा ज्ञानेन्द्रले गद्दी त्यागको निर्णयलाई कमजोरी नठान्न चेतावनी समेत दिएका छन् ।

आफ्नो शासनकालप्रति उनले गर्भकासाथ जनताले अमन चैन प्राप्त गरेको तर अहिले जनताको अवस्था बिग्रिएको निष्कर्ष निकालेका छन् । ज्ञानेन्द्रले दिएको यो चुनौती विगत १० वर्षमा सबैभन्दा आक्रामण रहेको देखिन्छ । किनकि यसअघिका वक्तव्य आलोचनात्मक भएपनि यस पटक भने चेतावनीको भाषा प्रयोग गरिएको छ । यसले राजा जनतामाबाट फेरि एकपटक समर्थन लिने र राजतन्त्र फर्काउने प्रयासमा लागेको सजिलै बुझ्न सकिन्छ । राजाको वक्तव्य आएसँगै संयोगले नेपाल अन्तराष्ट्यि रुपमा ,ग्रे लिष्ट,मा पनि परेको छ ।

एकातर्फ राजा असन्तुष्ट हुनु, अन्तराष्ट्यि स्तरबाट ,ग्रे लिष्ट,मा पर्नु, अमेरिकाका राष्ट्पति डोनाल्ड ट्मले संघीयताका नाममा नेपालले सहयोगमा ठगी गरेको आरोप लगाउँदै एससीसीसहितका धेरै सहयोग बन्द गर्नु संयोगवसका घटना भएपनि यि यथार्थपरक मान्न सकिन्छ । यसले नेपालमा कतै फेरि राजनीतिक संकट त आउँदै छैन भन्ने अनुमान सुरु भएका छन् । यतिले नै जनताको बलीदानीबाट स्थापित लोकतन्त्र खतरामा परिहाल्ने अवस्था त छैन,तर राजनीतिक रुपमा देखिएको अस्थिरता, भ्रष्टाचार, कुशासन ,बेरोजगारी सिर्जना हुनु र देशले सहि रुपमा लय समान्त नसक्नुका कारणलाई सहि बाटोमा ल्याउन नसक्ने हो भने अब त्यो दिन पनि नआउँला भन्न सकिने स्थित भने छैन । यसको अर्थ पंक्तिकार व्यवस्थाको विरोधमा छ भन्ने होइन ।

मुख्य कुरा लोकतन्त्रप्रति नागरिकमा हिजोका दिनमा देखिएको उत्साह क्रमश ः घटेको छ र जनता नेताहरुप्रति विश्वस्त छैनन् भन्ने ग्राउण्डको बोलीलाई उल्लेख गर्न खोजेको हो । यसका लागि दलहरुले पूर्व राजालाई गाली गर्ने र थुन्ने चेतावनी दिदैंमा यो समस्या समाधान हुने वाला देखिदैन । किनभने हिन्दु राज्य नेपाल भएकाले यहाँ धेरै नागरिकले राजाका हिजोका धेरै कुरा बिर्सदै बरु राजा ठिक भन्न थालिसकेकोे अवस्था छ । यदि दलहरुले छिट्टै आफूलाई सुधार गरेर अघि बढ्ने र देशलाई आर्थिक,सामाजिक रुपमा सशक्त बनाउन सके भने न त राजाको बोली जनताले सुन्नेछन् न त अन्तराष्ट्यि स्तरबाट नै ,ग्रे लिष्ट,मा पर्न सक्छ ? के दलहरु त्यसका लागि तयार छन् त ?। आगे दलहरु जानुन् ।

Continue Reading

Previous: मानसिक स्वास्थ्य ः आजको आवश्यकता
Next: विश्वका मुलुकहरुले अंगालेका राजनीतिक प्रणालीपछिको विकास र हामीले सिक्नुपर्ने पाठ

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार