
विदुर । नेपाली कांग्रेसका पुराना नेता शेरबहादुर घलेको निधन भएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएका घलेको मंगलबार बिहान ८३ वर्षको उमेरमा नुवाकोटको गेर्खुमा निधन भएको उहाको पारिवारिक स्रोतले बताएको छ ।
सानै उमेरदेखि राजनीतिमा क्रियाशिल रहनु भएका घले २०४३ सालमा भएको राष्ट्यि पञ्चायतको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । घर चुनाव चिन्ह्र लिएर उम्मेदवार बन्नुभएका उहाले द्दद्ध हजारम त ल्याउनु भएको थियो । तर उहा तत्तकालिन समयमा डा. प्रकाशचन्द्र लोहनी र जितसिंह खड्कासँग पराजित हुनुभएको थियो । मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका उहा साविक गेर्खु गाविसको अध्यक्ष समेत बन्नु भएको थियो । हाल नेपाली कांग्रेस विदुर नगरपालिका ११ का इकाई सभापति रहनुभएका घले कांग्रेसका एक शालिन र भद्र नेताका रुपमा परिचित हुनुहुन्छ ।
मंगलबार उहाको बौद्धिक परम्परा अनुसार अन्त्येटि गरिने भएको छ । घलेलाई कांग्रेसले पार्टीको झण्डा ओडाएर बिदाई गर्ने तयारी गरेको छ । यसैबीच नेपाली कांग्रेसका नेताहरुले घलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत, कांग्रेस नेताहरु अर्जुनरसिंह केसी, रामशरण महत, जगदीश्वरनरसिंह केसी, जिल्ला सभापति रमेश महत, महासमिति सदस्य डा. केदारनरसिंह केसी लगायतका कांग्रेस नेताहरुले स्वर्गीय घलेको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनामा समवेदना प्रकट गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव श्रीराम श्रेष्ठले एक विज्ञप्ति निकाल्दै घलेको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताउनु भएको छ । मंगलबार एक शोक विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठले कांग्रेसको राजनीतिमा लामो समय योगदान गर्नु भएका घले एक शालिन र भ्रद नेताको रुपमा परिचित रहेको र उहाले सँधै कांग्रेसको हितका लागि काम गर्नु भएको उल्लेख गर्नुभएको छ । उहाले घलेले निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनामा समवेदना समेत प्रकट गर्नुभएको छ ।