
काठमाडौं, नेपालकै बौद्धिक व्यक्तिका रुपमा गनिएका नेपाली कांग्रेसका युवा नेता स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । २०७९ सालमा भएको संघ र प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र उपसमितिका संयोजक समेत रहेका वाग्लेले नेपाली कांग्रेसभित्र परिवारवाद हावी हुँदै गएको र बौद्धिक छवि भएकाहरुलाई पाखा लगाउँदै गएको भन्दै पार्टी परित्याग गरेको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
वाग्लेले वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन वा तनहुबाट निर्वाचन लड्ने मनसाय व्यक्त गरेका थिए । तर कांग्रेस नेतृत्वले उनको प्रस्तावलाई अस्वीकार गरेपछि कांग्रेस छाड्ने निर्णय लिएका हुन । उनलाई कांग्रेसभित्रै राख्नका लागि नेताहरुले प्रस्ताव गरेपनि उनले टिकट नपाएपछि पार्टी परित्यागको घोषणा गरेका हुन । वाग्ले भने अब राष्ट्यि स्वतन्त्र पार्टीबाट निर्वाचन लड्ने् भएका छन् ।
वाग्लेले कांग्रेस छाडेका विषयमा भने मिश्रित प्रतिक्रिया आएको छ । कांग्रेसका अधिकांशले कांग्रेसका नाममा फाइदा लिएर र अहिले टिकटको बहानामा कांग्रेस छाडेर पार्टीमा वौद्धिक व्यक्ति रहदैनन् भनेर पार्टी नेतृत्वलाई बदानम गराउन खोजेको आरोप लगाएका छन् ।
स्रोतका अनुसार वाग्ले राष्ट्यि स्वतन्त्र पार्टीबाट तनहुमा निर्वाचन लड्ने तयारी गरेका छन् । ‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु’’, वाग्लेले फेसबुकमा लेख्नुभएको छ ।
उहाँले अब सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेसमेत बताउनुभएको छ। उहाँले फेसबुकमा थप लेख्नुभएको छ, ‘‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो