
विदुर । नुवाकोट जिल्लाको तादी गाउँ पालिकामा कार्यालय रहेको एक वित्तिय संस्थाका कर्मचारीले आठ करोड भन्दा बढि ठगि गरेका छन् ।
नुवाकोट तादी गाउँपालिका वडा नं.०३ मा रहेको आरम्भ चौतरी लघुबित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय खरानीटार नुवाकोट शाखाका तत्कालिन शाखा प्रबन्धक विवश पाण्डेले सो संस्थामा आवद्ध सदस्यहरुको बिभिन्न मितिमा किर्ते कागजात खडा गरी संस्थाको नियम विपरीत अनाधिकृत रुपमा रकम निकाल्ने,आफु मातहतका कर्मचारीहरुलाई सबै जिम्मेबार म हुन्छु भनि प्रभाबमा पारी झुक्याई रकम दुरुपयोग गर्ने अपचलन गरी रु.८,२२,६५,५९७÷४० (आठ करोड बाईस लाख पैसठ्ठी हजार पाँच सय सन्तानब्बे रुपैया चालिस पैसा) हिनामिना गरी बैकिङ कसुर अपराध गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरि कारबाही अगाडि बढाएको छ ।
प्रहरी कार्यालयमा प्राप्त उजूरीका आधारमा विवश पाण्डेलाई चैत्र ७ गते पक्राउ गरी सम्मानित उच्च अदालतबाट बैकिङ कसुर मुद्दामा दिन–७ को म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।