Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

यातायातसम्बन्धी सबै समस्या समाधान गर्‍छाैँ : मुख्यमन्त्री लामा

नुवाकोट पुकार १७ फाल्गुन २०८१, शनिबार १७:३७

हेटौँडा, फागुन १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सकार तयार रहेको बताउनुभएको छ । नारायणी यातायात व्यावसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६ औँ अधिवेशन उद्घाटन समारोहलाई शनिबार हेटौँडामा सम्बोधन गर्दै उहाँले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभयो । 

राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यावसायी आफैँले गरिरहेको बताउँदै उहाँले रोड परमिट, सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । विदेशमा भएको सिस्टम प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

साधारणसभामा बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताउनुभएको छ । उहाँले २२ लाख सवारी चालक अनुमति पत्र नागरिक एपमा राखिएको जानकारी दिनुभयो । अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उहाँले बताउनुभयो ।

साधारणसभामा संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले यातायात सम्बन्धी समस्या समाधान गर्न आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताउनुभयो । अहिले पनि ठुलो रकम नेपाल सरकारलाई कर तिनुपर्ने र आर्थिक अभाव रहेका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात व्यावसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ । 

करिब २ करोड रुपियाँ कर तिर्नुपर्ने भएपछि सङ्घको भौतिक सम्पत्ति बिक्री गरेर मात्रै कर चुक्ता गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरूप नारायणी यातायात व्यावसायी सङ्घको रूपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यावसयीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो । ढुवानी तथा तौलपुल बन्द गर्न सरकारी संयन्त्र नै अग्रसर भएको थियो ।

सङ्घले हेटौँडामा मुख्यालय रहेको मानवसेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकोमा यो वर्ष नगद ५१ हजार रुपियाँ सहयोग गरेको छ । त्यस्तै लामो समयदेखि दुर्घटना नगराउने पाँच जना चालकलाई जनही नगद १० हजार रुपियाँ सहित सम्मान गरिएको छ । चालक हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार रायलाई सम्मान गरिएको हो । 

साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टिमले व्यावसायीको स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रम सङ्घका महासचिव सरोज खनालले सञ्चालन गर्नुभएको थियो ।

Continue Reading

Previous: राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल
Next: नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार