
काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।
शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानीमा प्रवक्ता डा. महतले आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्ने बताए ।
उनले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै प्रत्यक्ष उम्मेदवार बन्ने बताएका हुन् ।
गत निर्वाचनमा डा. महत समानुपातिकबाट सांसद बनेका थिए । आफ्ना दाजु डा. रामरशराण् महतले राजनीतिबाट मिश्राम लिएसँगै महत उक्त क्षेत्रमा बढि सक्रिय रहँदै आएका छन ।
अर्थमन्त्री भएका बेलामा समेत डा. महतले सो क्षेत्रमा विकास निर्माणका लागि बढि बजेट विनियोजन समेत गरेका थिए ।आफ्नो क्षेत्रमा मात्रै बजेट हालेको भन्दै नुवाकोटका अर्का सांसद अर्जुननरसिंह केसीले संसदबाट नै विरोध जनाएका थिए ।