
विदुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कटेलले आइतबार नेपाली कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई र खानेपानी, उर्जा तथा सिँचाई मन्त्रीमा तिर्थ लामालाई नियुक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज साँझ प्रदेश प्रमुखबाट सपथ लिनुभएको बागमती प्रदेशको मन्तिपरिषद् कार्यालयले जनाएको छ । लामा नुवाकोट जिल्लाको क्षेत्र नं २ ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ भने लामा काभ्रेबाट निर्वाचित प्रदेसभा सदस्य हुनुहुन्छ ।
प्रदेश सरकारमा एमाले र राप्रपा बाहिरिएसँगै कांग्रेस सहभागि भएको हो । नुवाकोट जिल्लाबाट निर्वाचित भएका सांसद लामा कांग्रेस केन्द्रीय सदस्य समेत हुनुहुन्छ । यसअघि अर्थमन्त्रीमा नुवाकोटबाट डा. प्रकाशशरण महत नियुक्त हुनुभएको थियो । नुवाकोट जिल्लाले दुई अर्थमन्त्री पाएको छ