Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भूस्वामित्व र विकासक्रम

नुवाकोट पुकार २१ फाल्गुन २०८१, बुधबार ०९:२६

श्रीराम श्रेष्ठ,(लेखक ः नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव तथा साहित्यकार हुनुहुन्छ)

जमिनको अधिकारका सम्बन्धमा वर्तमान आधुनिक संरचनामा आइपुग्न मानिसले निकै लामो इतिहास बनाएको छ । आदिम समाजमा सिकार, फलफूल र कन्दमूलप्रतिको स्वामित्व थियो । मानिसले आफ्नो आवश्यकतानुसार जमिनको उपयोग र उपभोग साझा तरिकाले गर्ने गर्थे । मध्यकालीन युगमा कृषि खेतीको विकास भयो । यसपछि राजा, महाराजा, धार्मिक गुरु, मठमन्दिर, चर्च, मस्जिद, गुम्बालगायतले जमिनको धेरै भाग आफ्नो नियन्त्रणमा राखे । अर्थात् शासक, सामन्त र उच्च वर्ग भन्नेहरूले जमिनमाथिको स्वामित्व लिन थाले ।

सर्वसाधारण नागरिकले कृषकका रूपमा उनीहरूद्वारा नियन्त्रित जमिनमा कृषि खेती गर्थे । यी काम गर्नेहरूलाई आधुनिक युगमा विभिन्न प्रकारका औद्योगिक क्रान्ति भए । यो क्रान्तिले जमिनको उपभोग र उपयोगका सम्बन्धमा कानुनी संरचना तयार गयो । खरिद–बिक्री गर्न सकिने बनायो । व्यक्तिलाई जमिनको मालिक बनायो । बिस्तारै जमिनलाई सम्पत्तिका रूपमा स्थापित गरियो । धेरै जमिन भएकालाई धनी र कम जमिन भएकालाई गरिब भनी व्याख्या गर्न थालियो । राज्यले भूमि करको प्रणाली स्थापित गयो । राज्यलाई कर तिरेपछि जमिन व्यक्तिको स्वामित्वमा रहने कानुनी संरचना विकास गरी लागू गरियो । विश्वव्यापी रूपमै विश्वका सबै स्थान र देशमा जमिनको स्वामित्वसम्बन्धीको विकासक्रम यसरी नै भएको हो । नेपालमा २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि जमिनको उपयोग, उपभोग गर्न व्यक्तिको जमिनमाथिको अधिकारलाई कानुनी रूपमै बलियो बनाइएको थियो । यही ऐनका आधारमा नेपालमा जमिनसम्बन्धीको व्यवस्थापन वर्तमान आधुनिक समयसम्म आइपुगेको छ । नेपालमा बिर्ता प्रथा थियो, आज अन्त्य भइसकेको छ । व्यक्तिले जति पनि जमिन राख्न सक्थ्यो । आज यसको सीमा तोकिएको छ ।
अर्थात्, तत्कालीन युगदेखि वर्तमान युगसम्म आइपुग्दा मानव समुदाय सिक्दै, प्रयोग गर्दै र यसलाई व्यवस्थापन गर्दै जाँदा वर्तमान समयसम्म आइपुगेको छ । नेपालमा हिजोका शोषक, सामन्त छैनन् । त्यो शासन प्रणाली छैन । मानिसले मानिस भएर जिउन र सामाजिक, सांस्कृतिक सम्बन्धलाई उभ्याउने दिशामा अग्रसर छ ।

यसरी जमिनमाथिको स्वामित्वको विकासक्रमले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र स्वतन्त्रताको सुनिश्चितता गर्ने र गराउने युगमा प्रवेश गरेको छ । यसैबाट थाहा हुन्छ, मानिसले आजको मानिसको अवस्थासम्म आउन निकै ठूलो सङ्घर्ष गर्नुपरेको थियो । नेपाली समाजमा ठूलो, सानो, उँच–निचको व्यवहार थियो । आज यो घट्दै गएको छ । कतै–कतै अझै भए पनि बिस्तारै यसको पनि अन्त्य हुन्छ । सबै कुराको विकास र निकास क्रमशः हुने हो । विश्वको इतिहास नै यस्तै छ ।


जस्तो, आजको शक्तिशाली अमेरिकाको इतिहास पनि त्यस्तै छ । अमेरिकामा १६औँ शताब्दीको अन्त्यतिर युरोपेलीहरूले अमेरिकामा उपनिवेश लागू गरे । उपनिवेश गर्ने युरोपेलीले जमिन आफूले उपभोग गर्न थाले । विशेष गरी अमेरिकामा फ्रान्स, स्पेन र ब्रिटिसका उपनिवेशकर्ताले जमिन आफ्नो हातमा लिए । अमेरिकन निवासीहरू उनीहरूको दास जस्तै बने । बिस्तारै त्यहाँ पनि विभिन्न प्रकारका विद्रोह भए । अमेरिकनहरूले आफ्नो अधिकार स्थापित गर्दै गए । सन् १७७६ मा अमेरिका उपनिवेशकालबाट स्वतन्त्र भएपछि सन् १७८५ मा भूमिसम्बन्धी कानुन बन्यो । यसपछि अमेरिकामा भूमि खरिद बिक्रीलगायतका कार्य सुरु भए र भूस्वामित्व विस्तार हुँदै गयो । त्यसपछि सन् १८६२ मा भूमिसम्बन्धी अर्को कानुन बन्यो । यो कानुनपछि अझै सहज बन्दै गयो ।


भूस्वामित्वको विस्तारले अमेरिकामा आदिवासीको भूस्वामित्वको अधिकार खोसिएको थियो । यस्तै सन् १८८७ मा भूमिसम्बन्धी ल्याइएको अर्को कानुनले आदिवासीलाई विभाजित गरेर परम्परागत सामाजिक संरचनामै फेरबदल ल्याएको थियो । यसपछि अमेरिकामा औद्योगिकीकरण र सहरीकरणको आरम्भ भयो । बीसौं शताब्दीपछि अमेरिकाले सबै क्षेत्रमा उत्तिकै प्रगति गर्यो, जसलाई विश्वका अरू देशले पनि अनुसरण गर्दै गए । निजी सम्पत्तिमाथिको अधिकार स्थापित छ ।
युरोपमा पनि प्राचीनकालमा रोमन साम्राज्यकालीन समयमा जमिनलाई निजी सम्पत्तिका रूपमा उपयोग गरिन्थ्यो । तर धेरैजसो भूभाग सामन्त र धनी व्यक्तिहरूको नियन्त्रणमा हुन्थ्यो । कमजोर व्यक्तिहरू यिनीहरूका दास हुन्थे । युरोपको मध्ययुगमा पनि सामन्तवादी व्यवस्था नै प्रचलनमा थियो । राजा र अन्य सामन्त वर्ग जमिनका मालिक बन्थे ।


पन्ध्रौ शताब्दीपछि युरोपमा पुनर्जागरण युग आरम्भ भयो । यसपछि सामन्तवाद अन्त्य भयो । तर जमिन्दार स्थापित भए । यसले पनि धनी र गरिबबिचको खाडल झनै बढायो । यसपछि पनि युरोपको सामाजिक अवस्था शान्त बन्न सकेन ।


युरोपमा १८–१९औँ शताब्दीमा भएको औद्योगिक क्रान्तिले ठूलो उथलपुथल ल्यायो । यसपछि जमिनदार कमजोर बन्दै गए । उद्योग र व्यापारले स्थान ओगट्दै गयो । बिस्तारै कृषकवर्ग पनि जमिनका मालिक बन्दै गए । यसले भूस्वामित्वको स्वरूपमा व्यापक परिवर्तन ल्यायो ।


यसरी युरोप आजको युरोपमा परिणत भएर जमिन र निजी सम्पत्तिमाथिको अधिकार स्थापित भएको छ र विकासको आधुनिक युगको अभ्यास गरिरहेको छ । यसै गरी एसिया क्षेत्रमा पनि भूस्वामित्वको विकास विभिन्न चरणबाट भएको छ । प्राचीनकाल, मध्यकाल, मुगल शासनकाल, औपनिवेशिक काल हुँदै आधुनिक कालमा प्रवेश गरेको लामो इतिहास छ । राजा, धर्म, सामन्त, जमिनदारलगायतका वर्गले एसियामा पनि शासन गरे । विकासको चरणबद्ध समय र विभिन्न प्रकारका आन्दोलन र विद्रोह हुँदै आजको एसिया बन्न सफल भएको हो । नेपाल पनि त्यसैको एक प्रतिनिधि देशको इतिहासका रूपमा अवस्थित छ । यसरी भूस्वामित्वको विकास हुँदै गएको पाइन्छ ।

Continue Reading

Previous: नसर्ने रोगको महामारी र यसको समाधान ः आयुर्वेद
Next: प्रदेश सरकारहरु पनि उस्तै कमजोर किन ?

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार