Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रतिनिधिसभाबाट पाँच अध्यादेश पारित

नुवाकोट पुकार २१ फाल्गुन २०८१, बुधबार २०:०८

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले हालै जारी भएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश पारित गरेको हो ।

यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रतिनिधिसभाको बैठकले पारित गरेको हो ।

सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको भए पनि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ भने आजको प्रतिनिधिसभामा पेश भएन ।

पारित भएका अध्यादेश माथिका छलफलका उठेका प्रश्नको जवाफ दिनुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश समेत सदनबाट नै पारित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको हुनाले अध्यादेश ल्याउँदैमा सरकारले सदन छलेको वा सदनको अवमूल्यन गर्‍यो भन्नु तर्कसङ्गत नहुने बताउनुभयो ।

मुलुकलाई तोकिएको समय सीमा भित्र ग्रे लिस्टबाट निकाल्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले मुलुक के कारणले ग्रे लिस्टमा परेको हो भन्नेबारे संसद्मा श्वेतपत्रसहित उपस्थित हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तै प्रतिनिधिसभाको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवद्र्धन सबै राजनीतिक दलहरूको साझा मुद्दा भएकोले सहमतिका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले सुशासन कायम गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउन तत्काल आवश्यक गर्नुपर्ने कानूनी सुधारका लागि सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले पालिकाका प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको वा निलम्बनमा परेको अवस्थामा कार्यवाहक अध्यक्ष र उपाध्यक्ष तोक्ने व्यवस्था विद्यमान कानुनमा नभएकोले त्यसको व्यवस्थाका लागि अध्यादेश ल्याउनुपरेको स्पष्ट पार्नुभयो ।

यस्तै, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी पीडितका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा अध्यादेशमा विरोधको सूचना दिई छलफलमा भाग लिने सांसदहरुले संसद्मा विचाराधिन रहेको विधेयक फिर्ता नलिई अध्यादेशबाट सोही कानून ल्याउनु संसदीय मान्यताको विपरीत भएको, सीमित समूहलाई लाभ पुर्‍याउने गरी अध्यादेश ल्याइएको र एकै पटक धेरै कानुनहरू संशोधन गर्दा गलत नजिर स्थापित भएको धारणा राख्नुभयो ।

अध्यादेशको विपक्षमा रहेका प्रतिपक्षी दलका सांसदहरुले अध्यादेशले उपभोक्ताका हक–हित संकुचित गर्ने तथा सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने स्पष्ट व्यवस्था नरहेको पनि दाबी गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोली फागुन २२ गते बिहीबार दिनको १ः०० बजे बस्ने छ ।

Continue Reading

Previous: पत्रकारको संसद् प्रवेश पास निलम्बन गरिएको महासंघको ध्यानाकर्षण
Next: देशका अधिकांश भागमा मौसम सफा रहने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार